भुन्टीको भविष्य कथामा सीमान्तीयता

Authors

  • त्रिभुवन बरई Bhairahawa Multiple Campus, Rupandehi, Nepal

DOI:

https://doi.org/10.3126/bhairahawacj.v6i1-2.65179

Keywords:

अधीनस्थ, प्रतिनिधित्व, प्रतिरोध, प्रभुत्व, विचारधारा

Abstract

प्रस्तुत लेखमा मनु ब्राजाकीद्वारा अभिलिखित ‘भुन्टीको भविष्य’ कथाको सीमान्तीय अध्ययनको सिद्धान्तको केन्द्रीयतामा विश्लेषण गरिएको छ । उनको प्रस्तुत कथामा सीमान्तीयताका केकस्ता अभिलक्षणहरूको प्रयोग गरिएको छ भन्ने अभीष्टको परिपूर्ति गर्नाका निम्ति यो अध्ययन गरिएको हो । सीमान्तीय अध्ययनको सैद्धान्तिक पर्याधारलाई आधार मानी प्राथमिक एवम् द्वितीयक स्रोतका सामग्रीको उपयोग गरी निगमनात्मक, गुणात्मक र पाठविश्लेषणात्मक शोधविधि अपनाई यस लेखलाई परिपाकमा पु¥याइएको छ । सीमान्तीय अध्ययनका सीमान्त पात्रको भूमिका, सीमान्त पात्रका सीमान्तसूचक अभिलक्षण, प्रतिनिधित्वको सन्दर्भ, अभिव्यक्तिगत (बोलीगत) अवस्था, लेखकीय दृष्टिकोण तथा ज्ञान, शक्ति र प्रतिरोधको अवस्थाजस्ता मानदण्डका आधारमा उक्त कथाको मूल्याङ्कन यस लेखमा गरिएको छ र यस लेखको अन्त्यमा नेपालको सीमान्तविरोधी राजकीय सत्ताप्रति आलोचनात्मक विमति जनाउँदै लामो समयदेखि समस्या समाधान गर्नुका साटो किनाराकृत गरिएका एवम् न्यूनतम मानवअधिकार र नागरिक अधिकारबाट समेत वञ्चित तुल्याइएका भूमिहीनहरूका जीवनका कथाव्यथा र समस्यालाई अत्यन्त विश्वसनीय, कलात्मक र यथार्थपरक ढङ्गले पाठकसमक्ष पु¥याउँदै उक्त समस्या यथाशीघ्र समाधान गरी सीमान्त समुदायलाई मानवअधिकारका साथ जीवनयापन गर्ने वातावरण देशमा बनाउनुपर्ने लोककल्याणको अपेक्षा राख्दै कथाकार ब्राजाकीले आफूलाई सीमान्त वर्गीय बुद्धिजीवी र सिद्धहस्त कथाकारका रूपमा स्थापित गर्ने सार प्राप्त हुनुलाई निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
56
PDF
58

Downloads

Published

2023-12-31

How to Cite

बरई त. (2023). भुन्टीको भविष्य कथामा सीमान्तीयता . Bhairahawa Campus Journal, 6(1-2), 138–152. https://doi.org/10.3126/bhairahawacj.v6i1-2.65179

Issue

Section

Articles