लू उपन्यासमा आञ्चलिकता

Authors

  • Bishnu Prasad Gajurel Bhairahawa Multiple Campus, Rupandehi, Nepal

DOI:

https://doi.org/10.3126/bhairahawacj.v6i1-2.65178

Keywords:

आञ्चलिकता, सीमावर्ती, जनजीवन, जीवनशैली, पत्थरपुरवा

Abstract

साहित्यकार नयनराज पाण्डेद्वारा रचित लू उपन्यास आञ्चलिकताले भरिपूर्ण प्रसिद्ध उपन्यास हो । पाण्डेले यस उपन्यासमार्फत नेपालगञ्ज नजिकैको पत्थरपुरवा क्षेत्रका मानिसहरूका जीवनशैली, रहनसहन, संस्कार, अभाव, गरिबी, अन्धविश्वास, भारतीय प्रहरी प्रशासनको अन्याय, अत्याचार, सीमा समस्या, प्राकृतिक प्रकोप, जातीय विभेद जस्ता कुराहरू सार्वजनिक गरेका छन् । नेपाली भएर पनि नेपाली भएर बाँच्न नपाएका नेपालीहरूका पीडा, भारतको ज्यादतीले गर्दा कयौँ नागरिकहरू घरबारबिहीन भई आत्महत्या समेत गर्नु पर्ने बाध्यता, गरिबी र अभावमा आफ्नै सन्तान बेच्नु परेको पीडा, नेपालीहरूमाथि जातीय र धार्मिक विखण्डन गर्ने भारतीय नेताहरूको नेपाली भूमिमा देखाएको ताण्डवनृत्य आदि यस उपन्यासमा यथार्थपरक रूपमा चित्रण गरिएको छ । यस लेखमा आञ्चलिकताको सैद्धान्तिक परिचय दिनुका साथै अन्तर्वस्तु, परिवेशविधान, पात्रविधान, भाषिक आधार र जीवनशैलीका आधारमा उपन्यासबाट साक्ष्यहरू उद्धृृत गरी नयनराज पाण्डेद्वारा रचित लू उपन्यासमा आञ्चलिकताको अध्ययन गरिएको गरिएको छ । यहाँ वर्णनात्मक विधि तथा गुणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । यो उपन्यास आञ्चलिकताका दृष्टिले उल्लेख्य उपन्यास हो ।

Abstract
187
PDF
154

Downloads

Published

2023-12-31

How to Cite

Gajurel , B. P. (2023). लू उपन्यासमा आञ्चलिकता. Bhairahawa Campus Journal, 6(1-2), 120–137. https://doi.org/10.3126/bhairahawacj.v6i1-2.65178

Issue

Section

Articles