TY - JOUR AU - गुरागाँई Guragain, रामप्रसाद Ramprasad PY - 2022/08/30 Y2 - 2024/03/28 TI - ‘उज्यालाका थेग्लाहरूभित्र’ एकांकीको विधातात्विक अध्ययन {A philosophical study of the genre of 'Ujyalaka Theglaharu' in Ekanki} JF - Bouddhik Abhiyan (बौद्धिक अभियान) JA - Boudhik Abhiyan VL - 7 IS - 1 SE - Articles DO - 10.3126/bdkan.v7i1.47809 UR - https://nepjol.info/index.php/bdkan/article/view/47809 SP - 178-185 AB - <p>उज्यालोका थेग्लाहरूभित्र (२०६१) एकाङ्कीको अध्ययनका क्रममा समाजमा घट्नसक्ने विकृति र विसङ्गतिको टड्कारो चित्रण यस एकाङ्कीले गरेको छ । सुन, चरेस, गाँजा जस्ता मादक पदार्थ अन्य राष्ट्रमा व्यापार गरेर कालो धनकमाउने सपना बोकेका नेपालीहरूलाई सचेत गराउने कार्य भँडारीले यसै एकाङ्कीबाट गरेका छन् । उनले समाजमा मादक पदार्थ सेवन गर्ने, व्यक्तिलाई सजायका भागीदार बनाउने र त्यस्ता कार्यबाट अलग रहने सुझाव गरेका छन् । त्यसैले उनलाई समाजमा रहेका विद्यमान विकृति र विसङ्गतिलाई प्रस्तुत गर्ने नाटककार भनिन्छ । यिनै नाटकहरू र एकाङ्कीको माध्यमबाट माधव भँडारी नेपाली साहित्यको इतिहासमा प्रसिद्ध भएको पाइन्छ । यस लेखमा यस एकाङ्कीको तत्वगत आधारमा अध्ययन गरिएको छ । कथावस्तुको परिचय चरित्रका विविध पक्षको परिचय, वातावरण, सम्बाद, उद्देश्य, भाषाशैली द्वन्द्व मञ्चनीयता जस्ता तत्वहरूको संक्षिप्त रूपमा वर्णन गरिएको छ । यस एकाङ्कीको अध्ययनबाट समाजमा रहेका विद्यमान विकृति र विसङ्गतिलाई औँल्याई समाजलाई सचेत गराउने काम भएको छ भन्ने निष्कर्ष निकालिएको छ । यस एकाङ्कीमा ८ पुरुष र २ महिला पात्र छन् । सबै पात्रहरू निम्न मध्यमवर्गका छन् । बोलचालको उत्कृष्ट गद्य भाषाको प्रयोग गरिएको छ । यस एकाङ्कीको वातावरणका सम्बन्धमा एउटा शहरदेखी परको राजमार्गको उल्लेख गरिएको छ । जुन राजमार्गको दुवै तर्फ रुख रहेका छन् । विधा तात्विक अध्ययन गर्नु नै यस लेखको उद्धेश्य रहेको छ । समग्र अध्ययनबाट समाजमा रहेका विकृति र विसङ्गतिलाई समाप्त गरी तत्कालीन समाजका युवायुवतीलाई सचेत गराउने सन्देश दिएको छ ।</p> ER -