प्रेमा शाहको पहेँलो गुलाव कथामा प्रयुक्त सम्बद्धक सङ्कथनहरू (Discourses existed in the story Pahenlo Gulaf (The Yellow Rose) by Prema Shah)
DOI:
https://doi.org/10.3126/bdkan.v8i01.57789Keywords:
सङ्कथन (discourse), सम्बन्धन (affiliation), सम्बद्धक (associator), भाषिक विश्लेषण (linguistic analysis), कथ्य (speech), लेख्य (writing)Abstract
भाषाको सबैभन्दा माथिल्लो अथवा सिङ्गो अभिव्यक्तिगत एकाइलाई सङ्कथन भनिन्छ, जसको अर्थ अभिव्यक्तिगत समग्रता हो । गफ, कुराकानी, संवाद, छलफल, अन्तर्वार्ता, विज्ञापन, कथा, कविता, सूचना, लेख, नाटक आदिजस्ता कुराहरू सङ्कथनअन्तर्गत पर्दछन् । यसमा भाषाप्रयोगका क्षेत्रमा देखिने अनियमितता र नियमितताहरूको पहिचान र वर्णन गरिन्छ । त्यसैले यो व्याकरण भन्दा माथिको कुरा हो । सङ्कथन विश्लेषणको आधारमा भाषिक पाठ वा अभिव्यक्तिको साङ्गठनिक प्रक्रिया पहिल्याउने वर्णनात्मक ढाँचा प्राप्त गर्न सकिन्छ । सङ्कथन विश्लेषणको पृष्ठभूमि र विकास प्रतीक विज्ञान र आख्यानको अध्ययन गर्ने फ्रान्सेली पद्धति डेल हाइम्स (१९६४) को भाषामा सामाजिक सन्दर्भ, अस्टिन (१९६०) सर्ले (१९६९) र ग्राइस (१९७५) को भाषालाई सामाजिक कार्यको रूपमा व्याख्या गर्ने सिद्धान्तको साथै प्रकरणार्थ विज्ञानसम्बन्धी अध्ययनसँग सम्बन्धित देखिन्छ । सङ्कथन विश्लेषण गर्ने आधार भनेको सङ्कथन कुन मान्यतामा निर्माण भएको हो भन्ने नै हो । सङ्कथन बन्नका लागि आवश्यक पर्ने तत्वहरू सङ्कथनमा छन् कि छैनन् भनी सङ्कथन विश्लेषण गरिन्छ । यसरी विश्लेषण गर्ने आधारहरू भिन्न भिन्न हुन्छन् । सङ्कथन विश्लेषण दुई आधारमा गर्न सकिन्छ ः कथ्य र लेख्य । यी दुई सङ्कथनलाई विश्लेषण गर्ने आधार पनि भिन्न भिन्न हुन्छन् । कथ्य सङ्कथनको तुलनामा लेख्य सङ्कथनको विश्लेषण गर्न केही सहज हुन्छ । कथ्य सङ्कथनमा लिखित सामग्रीको अभाव रहने हुँदा विश्लेषण गर्न जटिल हुन्छ । यसरी हेर्दा प्रायोगिक भाषाविज्ञानको एउटा महŒवपूर्ण शाखा सङ्कथन विश्लेषण हो । सङ्कथन बन्नका लागि आवश्यक पर्ने युक्तिहरू सङ्कथनमा छन् कि छैनन् भनी अध्ययन विश्लेषण गर्नु नै सङ्कथन विश्लेषण हो । प्रस्तुत लेखमा ‘पहेंलो गुलाफ’ कथामा प्रयुक्त सम्बद्धकहरूको विश्लेषण गर्दै सैद्धान्तिक आधारको निरूपण गरिएको छ । लेख सङ्कथन विश्लेषणलाई सैद्धान्तिक आधार तयार गर्न तथा सोही सिद्धान्तका आधारमा कृति विश्लेषण गर्न सघाउ पुग्ने हिसाबमा तयार गरिएको छ ।
(The highest or complete expressive unit of the language is called discourse (Sankathan), which means expressive totality. The expressive devices such as gossips, conversations, dialogues, discussions, interviews, stories, poems, information, articles, dramas etc. are included within discourse. The regularities and Irregularities in the field of language use are identified and described in discourse analysis. Therefore, it is much more above than grammar. On the basis of discourse analysis, a descriptive framework can be obtained to find the organizational process of a linguistic text or expression. The background and development of discourse analysis seems to be related to Del Hymes' social context in language (1964), the French method of studying symbolism and narratives; Austin's (1960), Searle's (1969) and Grice's (1975) theory of explaining language as a social function, as well as semantics. The basis for analyzing discourse is the belief on which the discourse is formed. A discourse is analyzed to see if it contains the necessary elements to form it . In this way, the bases for analyzing discourse are different. Discourse analysis can be done on two bases: oral and written. The basis for analyzing these two bases are also different. It is somewhat easier to analyze written discourse than oral discourse. Analyzing is difficult because there is a lack of written material in oral discourse. In this way, discourse analysis is an important branch of applied linguistics. Analyzing a discourse is to determine whether the techniques and elements required to be a discourse are present. In this article, the theoretical basis has been defined by analyzing the associations used in the story 'Yellow Rose'. This article has been prepared to help prepare the theoretical basis for discourse analysis and to analyze the works based on the same theory.)