वासु शशीको नाट्यकारिता (Dramatization in the Works by Vasu Sashi)
DOI:
https://doi.org/10.3126/bdkan.v8i01.57783Keywords:
सामाजिक यथार्थवादी (social realist), समस्यामूलक (problematic), मनोविश्लेषणात्मक (psychoanalytic), प्रविधिमैत्री (technology-friendly), करुण रस (Karuna Rasa)Abstract
प्रस्तुत लेख आधुनिक नेपाली नाटक परम्पराका विशिष्ट प्रतिभा वासु शशी (१९९३ — २०४९) सँग सम्बन्धित छ । विधागत लेखनका दृष्टिले शशी मूलतः कविता र नाट्य विधामा बढी सक्रिय देखा पर्दछन् । वासु शशी २००७÷२००८ सालदेखि नेवारी नाट्यक्षेत्रमा प्रवेश गरे पनि २०२३ सालपछि नेपाली नाट्यविधातर्फ आकर्षित भएको प्रमाण तीन नाटक (नाटक सङ्ग्रह २०२४) बाट पाइन्छ । बाँसुरीमा नअटाएका धुनहरू (२०४२), उपहार (२०५१), वासु शशीका नाटक (२०५९) र बुद्ध (२०६६) शशीका प्रकाशित मौलिक नेपाली नाटक हुन् । वासु शशीका नाटक (२०५९) नामक नाटक सङ्ग्रहमा माया, ॐ नमः शिवाय, सुखको खोजीमा, बिर्सन नसकिने मान्छे, सच्याउन नसकिने गल्ती, आमा कहिल्यै मर्दिन, उपहार र तरबार नाटक सङ्कलित छन् । शशीका पूर्वाद्र्ध चरणका नाटकहरूले मूलतः व्यक्तिविशेषका जीवनीसँग सम्बन्धित व्यक्तिगत एवम् पारिवारिक घटनालाई प्रस्तुत गरेका छन् भने उत्तराद्र्धका नाटकहरूमा सामाजिक समस्याले प्रधानता पाएका छन् । प्रस्तुत अध्ययन वासु शशीको नाट्यकारिता शीर्षकमा तयार गरिएको छ । यस लेखमा वासु शशीको नाट्यकारिता केकस्तो छ भन्ने समस्यालाई लिइएको छ । यसअनुसार ती समस्याको समाधान गर्नुलाई यस लेखको उद्देश्य बनाइएको छ । यसका लागि प्राथमिक स्रोतअन्तर्गत शशीका नाटकहरूलाई गुणात्मक सोद्देश्य नमुना छनोट विधिमा लिई विश्लेषणका लागि सूक्ष्म पठन र समालोचनात्मक विधिको प्रयोग गरिएको छ । अन्तमा शशीलाई रिमाल र मल्लद्वयका समस्यामूलकता, मनोविज्ञान, यथार्थवाद िप्रवृत्ति र संवादकलाबाट प्रभावित भएर पनि चलचित्रोन्मुख नाट्यकारिता उनको मौलिकता भएको निष्कर्ष निकालिएको छ ।
(This article is related to Vasu Shashi (1993-2049), a unique talent of modern Nepali drama tradition. From the point of view of genre writing, Shashi appears to be more active in poetry and drama. Although Vasu Shashi entered the Newari theater scene from 2007-2008, the proof that he was attracted to Nepali theater after 2023 is found in 'Three Dramas' (a collection of Drama- 2024). The original Nepali plays published by Shashi are ' Bansurima Naataeka Dhunharu' (2042), Uphaar (2051), 'Vasu Shashika Natak' (2059) and 'Buddha' (2066). 'Vasu Shashika Natak' (2059) is a collection of dramas such as Maya, Om Namah Shivaay, Sukhako Khojima, Birsana Nasakine Manchhe, Sachyauna Nasakine Galti, Aama Kahilyai Mardina, Upahar, and Tarabar. The earlier dramas by Shashi basically presented personal and family events related to the biography of a particular person, while in the later dramas, social problems were given priority. The present study has been prepared under the title Dramatization in the Works by Vasu Sashi. In this article, the issue of Vasu Sashi's dramatization has been taken up. Accordingly, the purpose of this article is to solve those issues. For this, under the primary source, Sashi's dramas have been taken using qualitative purposeful sample selection method; and critical reading and analytical methods have been used for analysis. In the end, even though Shashi was influenced by Rimal's and Malla's problematism, psychology, realism tendency and dialogue skills; it has been concluded that his originality is film-oriented dramatization.)