राजेश्वरी खण्डकाव्यमा वर्णविन्यासवक्रताको प्रयोग
DOI:
https://doi.org/10.3126/bcj.v8i1.85564Keywords:
उच्चारणगत, तलनादि वर्णविन्यासवक्रता, प्रतिपादित, व्यवधानयुक्तAbstract
प्रस्तुत लेखमा माधवप्रसाद घिमिरे (वि.संं.१९७६—२०७८) द्वारा रचित राजेश्वरी खण्डकाव्यलाई ईसाको एघारौं शताब्दीका समालोचक कुन्तकद्वारा प्रतिपादित पूर्वीय साहित्यको वक्रोक्ति सिद्धान्त अन्तर्गत पर्ने वर्णविन्यासवक्रताको पहिचान गर्ने कार्यमा केन्द्रित छ । पुस्तकालयीय कार्यबाट सामग्री सङ्कलन गरी तयार पारिएको यस लेखमा अध्ययनीय कृतिमा प्रयुक्त वर्णविन्यासवक्रता र तिनले कृतिमा सिर्जना गरेको लय माधुर्य, श्रुतिपेशलता एवम् त्यसबाट झल्किने अर्थ चामत्कारिकता तथा त्यसले उपर्युक्त कृतिमा पारेको प्रभावका विषयमा स्पष्ट्याउने कार्य गरिएको छ । विश्लेषणका लागि उपर्युल्लिखित सामग्रीका अतिरिक्त विभिन्न विद्वान्हरूद्वारा लिखित पुस्तक तथा विभिन्न पत्रपत्रिकामा प्रकाशित लेख रचनालाई समेत स्रोत सामग्रीका रूपमा उपयोगमा ल्याइएको छ । प्राप्त तथ्यहरूलाई निगमन विधिका आधारमा वर्णविन्यासवक्रताका प्रकारहरूको विश्लेषण गरी आगमन विधिबाट निष्कर्ष निकालिएको छ । विश्लेषणका क्रममा वर्णविन्यासवक्रताअन्तर्गत पर्ने व्यवधानयुक्त वर्णविन्यासवक्रता, ध्वनिताŒिवक उच्चारणगत वर्णविन्यासवक्रता, तलनादि वर्णविन्यासवक्रता, रकारादि वर्णविन्यासवक्रता, व्यवधान विहीन वर्णविन्यासवक्रता र भावानुकूल वर्णविन्यासवक्रता जस्ता बुँदालाई मुख्य आधार बनाइएको छ । यसरी विश्लेषण गर्दा पूर्वीय साहित्यका विद्वान् तथा सिद्धान्तकार कुन्तकद्वारा प्रतिपादित वक्रोक्ति सिद्धान्त उपयुक्त र सान्दर्भिक छ भन्ने कुरा घिमिरेको राजेश्वरी खण्डकाव्यको विश्लेषणबाट पुष्टि हुन आएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright is held by Research Management Cell, Butwal Multiple Campus