स्नातकोत्तर तहका शोधार्थीहरूको प्राज्ञिक लेखनमा संरचक घटक व्यवस्थापन
DOI:
https://doi.org/10.3126/bcj.v8i1.85533Keywords:
गुणात्मक, घटक, प्राज्ञिक, व्यवस्थापन, शोधार्थीAbstract
प्रस्तुत अनुसन्धानमूलक लेख प्राज्ञिक लेखनका क्षेत्रमा केन्द्रित छ । यस लेखको उद्देश्य नेपाली शिक्षा, स्नातकोत्तर तहका शोधार्थीहरूको प्राज्ञिक लेखनमा संरचक घटक व्यवस्थापन कौशलको खोजी गर्नु रहेकोे छ । यसका लागि गुणात्मक अनुसन्धान विधि र व्याख्यावादी दर्शनको उपयोग गरिएको छ । अध्ययनमा प्राज्ञिक लेखनका सिद्धान्तलाई अवलम्बन गरिएको छ । यस कार्यमा सोद्देश्यमूलक नमुना छनोट पद्धतिबाट पृथ्वीनारायण क्याम्पस, स्नातकोत्तर तह नेपाली शिक्षा विषयका सात जना शोधार्थीलाई सहभागीका रूपमा लिई अन्तर्वार्ता उपकरणका माध्यमबाट र उनीहरूका सात वटा शोधपत्रको अध्ययनबाट आवश्यक तथ्याङ्क सङ्कलन गरिएको छ । सङ्कलित तथ्यलाई अध्ययन गर्ने, सङ्केतन (कोड) निर्माण गर्ने तथा विषयगत (थिम) तयार गरी तथ्याङ्कको विश्लेषण गरिएको छ । प्राप्त तथ्यका आधारमा स्नातकोत्तर तह नेपाली शिक्षा विषयका शोधार्थीहरूको प्राज्ञिक लेखनमा संरचक घटकहरूको व्यवस्थापन सन्तोषजनक देखिन्छ । शीर्षकचयन, समस्याकथन, सारलेखन र अनुसन्धान प्रश्नको निर्माणमा कसरमसर रहेका छन् । पूर्वकार्यको समीक्षा तथा शोधविधि र प्रक्रिया लेखन स्तरीय र सबल बन्न सकेको छैन । तथ्यको व्याख्या तथा विश्लेषण गर्ने क्रममा छलफल पक्ष कमजोर देखिन्छ । शोधको निष्कर्ष लेखनमा शोधार्थीको प्रतिबिम्बन आउन र मूलभूत पक्ष मस्कन सकेको छैन । यसर्थ स्नातकोत्तर तहमा निर्देशक र शोधार्थीको सहकार्यबाट प्राज्ञिक लेखनमा संरचक घटकको व्यवस्थापन पक्षलाई सबल बनाउन आवश्यक छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright is held by Research Management Cell, Butwal Multiple Campus