अष्टाङ्गयोग र ब्रह्माकुमारी राजयोगको अन्तर्सम्बन्ध

Authors

  • Saraswati G T Nepal Sanskrit University
  • Ajay Bhattarai Tribhuvan University
  • Manoj Raj Daivgya Khanepani taha Dhal Bewasthapan Bhivag

DOI:

https://doi.org/10.3126/bcj.v8i1.85532

Keywords:

विक्षिप्त, सङ्कल्पशक्ति, अचेतन परिशोधन, युगानुकूल, सुषुप्त शक्तिको जागरण

Abstract

प्रस्तुत लेखमा ‘राजयोग र अष्टाङ्ग योगको अन्तर्सम्बन्ध’ योगको छाताका रूपमा रहेको राजयोग र अष्टाङ्ग योगको विस्तृत परिचय दर्साइएको छ । यस लेखलाई गुणात्मक अध्ययन विधि अवलम्बन गरी पूर्णता दिइएको छ । योग सबैको जिज्ञासा र रुझानको विषय भइरहेको वर्तमान समयमा ब्रह्माकुमारी राजयोग र अष्टाङ्ग योगबिचको अन्तर्सम्बन्धलाई उजागर गर्न खोजिएको छ । आजको प्रविधिको युगमा सृष्टिको सर्वाेच्च रचना (मानव जीवन) प्रतिकूल प्रभावले असन्तुलित भइरहेको छ । महाभारतको युद्ध भूमिमा विक्षिप्त, भ्रमित, भयभीत अवस्थामा रहेको अर्जुनको मनस्थिति जस्तै अत्यन्त कारुणिक स्थिति छ । शारीरिक, मानसिक, आर्थिक सामाजिक जस्ता चौतर्फी आयाममा अति कु्रद्ध, विक्षिप्त, रुग्ण व्यथित मनोदशामा रहेको वर्तमान मानवमनलाई पुनः मानवीय क्षमता, धर्मश्रद्धाको विकास अचेतन परिशोधन, सुषुप्त शक्तिको जागरण, एकाग्रता, सङ्कल्पशक्तिलाई प्रस्फुटन गर्नको लागि राजयोग र अष्टाङ्ग योगको अतुलनीय भूमिका छ । राजयोग र अष्टाङ्ग योगको सूक्ष्म भन्दा सूक्ष्म पद्धतिलाई समेत विस्तृत चिरफार गरी भिन्नता अलग्याउनु पनि यस लेखको उद्देश्य हो । धर्म, सम्प्रदाय र क्षेत्रफल भन्दा माथि रहेको योग ध्यानको बारेमा हरेक क्षेत्र, वर्ग, स्तर र उमेरका मानिसहरूले युगानुुकूल योगको सही र सत्य जानकारी प्राप्त गर्नका लागि यो शोधलेखले सेतुको कार्य गर्नेछ भन्ने निष्कर्ष निकालिइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
55
pdf (नेपाली)
6

Published

2025-10-17

How to Cite

G T, S., Bhattarai, A., & Daivgya, M. R. (2025). अष्टाङ्गयोग र ब्रह्माकुमारी राजयोगको अन्तर्सम्बन्ध. Butwal Campus Journal, 8(1), 141–149. https://doi.org/10.3126/bcj.v8i1.85532

Issue

Section

Articles