समाजपरक समालोचना प्रणालीका आधारमा ʽभावनाको नाताʼ उपन्यासको मूल्याङ्कन

Authors

  • ओमप्रकाश Om Prakash आचार्य Acharya Tribhuvan University

DOI:

https://doi.org/10.3126/bcj.v7i2.73240

Keywords:

उद्देश्यपरक, नीतिवादी, पाश्चात्य समालोचना, प्रगतिवादी, प्रभाववादी

Abstract

पाश्चात्य समालोचना प्रणालीमा समाजपरक समालोचना प्रणाली जेठो,पुरानो र पाको समालोचना प्रणाली हो । यस प्रणालीले प्रकाशित साहित्यिक कृति एवम् सिर्जनाको समाजपरक दृष्टिकोणबाट समालोचना गर्दछ । प्रस्तुत उपन्यास नेपाली समाजको यथार्थ रुप झल्काउने प्रसिद्ध उपन्यासकार धनलाल आचार्यद्वारा लिखित मौलिक सामाजिक उपन्यास हो । उपन्यासकार धनलाल आचार्य कर्णाली प्रदेशको जुम्ला जिल्लाको सिँजा क्षेत्रको हिमा गाउँपालिकाको आचार्य लिहीमा जन्मेका हुन् । प्रस्तुत उपन्यासलाई पाश्चात्य समालोचना सिद्धान्तका आधारमा अध्ययन गरिएको छ । समाजपरक दृष्टिकोणबाट भावनाको नाता उपन्यासको सामाजिकता कस्तो छ ? कुन सामाजिक सन्दर्भमा कस्तो सामाजिक मूल्य र मान्यता रहेको छ ? सामाजिक निष्ठा, प्रगतिवादी, उद्देश्यपरक र प्रभाववादी दृष्टिकोणमा यस उपन्यासको स्थान कस्तो छ ?उपन्यासको सामाजिक दृष्टिकोणबाट उब्जेका अनुसन्धेय प्रश्नहरु हुन् । यिनै अनुसन्धानात्मक प्रश्न यस लेखमा अध्ययनका समस्या हुन् भने सामाजिक दृष्टिकोणबाट समाजपरक समालोचना प्रणालीको सिद्धान्त अवलम्बन गरी भावनाको नाता उपन्यासको सामाजिकताको खोजी गर्नु, सामाजिक निष्ठा,प्रगतिवादी,उद्देश्परक र प्रभाववादी दृष्टिकोणमा उपन्यासको स्थान उल्लेख गर्नु यस लेखको उद्देश्य हो । पुस्तकालयीय अध्ययन विधिको प्रयोग गरिएको यस लेखमा व्याख्या विश्लेषणको ढाँचा वर्णनात्मक र विश्लेषणात्मक रहेको छ । नेपाली समाज रगतको नातामा रङ्गिएको छ । रगतरुपी नाताको डम्फुले जेलिएर अशान्त, बोझिलो, बहुलठ्ठक बनेको छ । यो स्वार्थ केन्द्रित छ तर भावनाको नाता निस्वार्थ, सह्रदयी पवित्र, दीर्घरुपी हुन्छ । मानव जीवन रगतको नाता र भावनाको नातामा रहे पनि भावनाको नाता सामाजिकीकरणको उत्तम नाता हो । भावनाको नाताको सामाजिक सिद्धान्त हुनुपर्छ, समाज रगतको नाताका कारण विथोलिएको छ । अवको युग भावनाको नाताका आधारमा अगाडि बढ्नुपर्छ जसले सुन्दर शान्त सभ्य विशाल समाज निमार्णमा टेवा पुग्नेछ भन्ने कोणबाट यो उपन्यास अघि बढेको छ । यस लेखका माध्यमबाट साहित्यिक कृतिको सैद्धान्तिक आधारबाट विश्लेषण गर्ने ढाँचा प्रस्तुत हुनेछ भने पाश्चात्य समालोचना प्रणालीका आधारमा साहित्यिक कृतिको समालोचना गर्ने अनुसन्धाता, अध्ययनकर्मीका लागि महŒवपूर्ण सामग्री हुनेछ ।

Abstract
4
pdf
1

Downloads

Published

2024-12-31

How to Cite

आचार्य Acharya ओ. O. P. (2024). समाजपरक समालोचना प्रणालीका आधारमा ʽभावनाको नाताʼ उपन्यासको मूल्याङ्कन. Butwal Campus Journal, 7(2), 203–208. https://doi.org/10.3126/bcj.v7i2.73240

Issue

Section

Articles