मेरो प्रतिबिम्ब काव्यमा मानवतावाद
DOI:
https://doi.org/10.3126/bcj.v7i2.73239Keywords:
गरिब, जातीय विभेद, मानवता, राज्य, समाजAbstract
मेरो प्रतिबिम्ब काव्य कृतिका रचनाकार सिद्धिचरण श्रेष्ठ हुन् । यस कृतिभित्र सिद्धिचरण श्रेष्ठका वि.सं. २००२ देखि २०१६ सम्मका कवितालाई समेटिएको छ । सिद्धिचरण श्रेष्ठ कवितामा आफ्ना युगका समस्यालाई समावेश गर्ने कवि भएकाले उनको मेरो प्रतिबिम्ब कृतिभित्र नेपाली समाजका समस्यालाई प्रस्तुत गरिएको पाइन्छ । यस अध्ययनलाई पूरा गर्नका लागि प्राथमिक र द्वितीयक स्रोतबाट सामग्रीको सङ्कलन गरिएको छ । यस अध्ययनमा मानवतावादका आधारभूत अवधारणाहरूको अवलम्बन गर्दै विवेच्य कृतिभित्र अन्तर्निहित जातीय छुवाछुतमा मानवता, गरिबप्रति मानवता, सामाजिक विभेद तथा राज्यव्यवस्थाले गरेका मानवता विरोधी कार्यका आधारमा मात्र कृतिको विश्लेषण गरिएको छ । उल्लिखित आधारबाहेक मानवतावादसँग सम्बन्धित अन्य आधारबाट विवेच्य कृतिको विश्लेषण गरिएको छैन । यसरी विश्लेषण गर्दा सिद्धिचरण श्रेष्ठको मेरो प्रतिबिम्ब कवितासङ्ग्रहमा जातीय छुवाछुतका आधारमा मानवता विरोधी कार्य गर्न नहुने, गरिबप्रति पनि मानवीय व्यवहार गर्नुपर्ने तथा समाज र राज्यले नागरिकलाई मानवतापूर्ण व्यवहार गर्नुपर्ने धारणा राखेको देखिन्छ । यस अध्ययनबाट यस्तो मानवताको पक्षमा आवाज उठाइएको हुनाले प्रस्तुत कृति मावनतावादी विचारधाराको प्रबलता भएको कृति भएको र यस्तो कृतिका रचनाकार सिद्धिचरण श्रेष्ठ मानवतावादी सोच भएका कवि हुन् भन्ने निष्कर्ष निकालिएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright is held by Research Management Cell, Butwal Multiple Campus