भाषाको सामाजिक भेद
DOI:
https://doi.org/10.3126/bcj.v7i2.73237Keywords:
आयाम, द्विभाषिकता, बहुभाषिकता, मातृभाषा, संरचनावादAbstract
भाषा सामाजिक विषय हो । यो समाजमा जन्मन्छ, समाजमै हुर्कन्छ र समाजमै जीवित रहन्छ । समाजबिना भाषाको अस्तित्व रह‘दैन । समाज जुन जाति, वर्ग र स्तरको हुन्छ भाषा पनि त्यसैअनुरूप हुने हुनाले भाषाको सामाज सापेक्ष अध्ययन हुन्छ । समाज जस्तो हुन्छ भाषा पनि त्यतै डोरिन्छ । सामाजिक संरचनाले भाषामा प्रभाव पारी उत्पन्न हुने भिन्नता नै भाषाको सामाजिक भेद हो । भाषाको सामाजिक भेद समाज भाषाविज्ञानले निर्धारण गर्ने विषय हो । समाज जुन जाति, वर्ग र स्तरको हुन्छ भाषा पनि त्यसै अनुरूप हुने गर्दछ । सहभागी, अन्र्तक्रियाको प्रस्तुति वा वातावरण, शीर्षक र कार्यबाट भाषाको सामाजिक भाषिक भेद निर्धारण हुन्छ । समाजका व्यक्तिहरूको व्यक्तिबोलीबाट भाषाको सामाजिक भेद जन्मन्छ । भाषाको सामाजिक भेद सामाजिक भाषिका हुन पुग्दछ । सामाजिक भेद क्षेत्रीय भाषिकाको आधार बन्दछ ।
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright is held by Research Management Cell, Butwal Multiple Campus