नेपाली कवितामा संवेदनशीलताको सङ्गठन र विच्छेदन

Authors

  • अशोक थापा Tribhuvan University

DOI:

https://doi.org/10.3126/bcj.v7i1.71712

Keywords:

अधिभौतिकता, पृथकीकरण, वैचारिकता, समीकरण, संवेदनशीलता

Abstract

प्रस्तुत अनुसन्धानमूलक लेखमा अङग्रेजी कवि टीयस इलियटको संवेदनशीलताको सङ्गठन र विच्छेदन (युनिफिकेसन एन्ड डिसोसिएसन अफ सेन्सिबिलिटी) लाई नेपाली कविताको सापेक्षतामा विवेचना गरिएको छ । इलियटको प्रस्तुत चिन्तनअनुसार यहाँ कवि लक्ष्मीप्रसाद देवकोटाको ज्वरशमना प्रकृति, भूपि शेरचनको हामी र मेरो देश अनि नेत्र एटमको प्रिय बादल शीर्षकका कवितालाई विश्लेषण गरिएको छ । पाश्चात्य साहित्यचिन्तनका सापेक्षतामा नेपाली कविताको विवेचना गर्ने सन्दर्भमा यहाँ आगमन, निगमन र तुलनात्मक शोधविधिको प्रयोग गरिएको छ । विश्लेषणका तहमा गुणात्मक अनुसन्धान विधिलाई प्रयोग गरिएको छ । सामग्रीसङ्कलनका लागि इलियटको निबन्धलाई अध्ययन र समीक्षा गरिएको छ भने चयनित नेपाली कवितालाई पुस्तकालयकार्य गरी विमर्श गरिएको छ । कवितामा विचार र संवेदनशीलताको सङ्गठन जति चुस्त रूपमा प्रयोग हुन्छ त्यसले कविताको प्रभावकारिता निर्धारण गर्छ भन्ने मान्यतालाई परीक्षण गरी नेपाली कविहरूमा संवेदनाको सङ्गठन र विघटन समानान्तर रूपमा भएको निष्कर्ष निकालिएको छ । एलियटको मान्यताअनुसार परिष्कारवादी कविहरू विचारसहित संवेदनशीलतालाई सङ्गठित गर्न सक्षम देखिन्छन् भने स्वच्छन्दतावादी कविहरू अव्यवस्थित देखिन्छन् भन्ने निष्कर्षमा पुगिएको छ । प्रस्तुत लेखमा अधिभौतिकता, समीकरण, पृथकीकरण, संवेदनशीलता, वैचारिकताजस्ता सूचकहरूको आधारमा कविताको विश्लेषण गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
43
pdf
31

Downloads

Published

2024-11-21

How to Cite

अशोक थापा. (2024). नेपाली कवितामा संवेदनशीलताको सङ्गठन र विच्छेदन. Butwal Campus Journal, 7(1), 25–31. https://doi.org/10.3126/bcj.v7i1.71712

Issue

Section

Articles