यस धरतीको पानीमा कवितामा विपरिचितीकरण
DOI:
https://doi.org/10.3126/bcj.v7i1.71697Keywords:
काव्यिक प्रविधि, अग्रभूमीकरण, , ग्रहणबोध, प्रगीत, रूपवाद, विचित्रताAbstract
प्रस्तुत लेखमा विजय मल्लको ‘यस धरतीको पानीमा’ कवितालाई काव्यिक पाठका रूपमा लिएर यसमा अभिव्यञ्जित विपरिचितीकरणको खोजी गरिएको छ । यस कवितामा बिसौँ शताब्दीको मध्यमा शक्तिराष्ट्रहरूबिचको हतियार र अन्तरिक्ष कार्यक्रममा होडबाजीका कारण सिर्जित राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा मान्छेले अनुभूत गरेको अभिशाप, निराशा, व्याकुलता र त्रासको उद्घाटन गर्न नदीमा पानीको सट्टा रगत बगेको देखाई पाठकलाई पृथक् प्रभाव दिन कलात्मक प्रविधिका रूपमा विपपरिचितीकरणको भूमिका छ भन्ने देखाउनु यस लेखको उद्देश्य हो । यसको सैद्धान्तिक ढाँचाको रचना गर्दा कविताको विधागत विशिष्टता, शिल्प र प्रविधिलाई आधार बनाइएको छ । विपरिचितीकरणको अध्ययनका निम्ति मूल रूपमा स्लोभ्स्की (सन् १९१७) र कुलर (सन् २०१५) का मान्यताबाट विश्लेषणका आधार लिई गुणात्मक शोधपद्धतिमा चयन गरिएका प्रविधि प्रयुक्त पाठको सघन विश्लेषण गरिएको छ । यसको विश्लेषणमा ग्रहणबोध, भाषा र विधाका गरी तीन तहमा प्रस्तुत विपरिचितीकरणका युक्तिहरू अवलम्बन गरिएको छ । यसबाट विपरिचितीकरणका प्रविधिले कवितालाई परम्पराभन्दा पृथक्, ताजा र अद्भुत स्वरूप दिने हुँदा त्यसै आधारमा कवितात्मकताको जीवन्तता गाँसिएको हुन्छ भन्ने तथ्य स्पष्ट पारिएको छ । ‘छोरीलाई मानचित्र पढाउँदा’ कवितामा प्रयुक्त विपरिचितीकरणले ग्रहणबोधका तहमा वक्ताको अनुभूतिगत नवीनता, भाषाका तहमा अलङ्कार र मानवीकरणबाट पृथक् दृश्यात्मकता पाएको तर प्रगीतात्मक कविताको विधागत विशिष्टता भने परम्परागत रूपमै पालना गरेकाले विजय मल्ल चिन्तन र काव्यिक युक्तमा अग्रभूमीकरण सिर्जना गर्न सक्षम भए पनि विधात्मक रचनाकारिताप्रति परम्परामै प्रतिबद्ध कवि हुन् भन्ने निष्कर्ष यसमा निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright is held by Research Management Cell, Butwal Multiple Campus