कृष्ण उपन्यासमा मिथकीयता

Authors

  • टङ्क पन्थ Assistant Professor, Department of Literature, Tribhuvan Multiple Campus, Nepal

DOI:

https://doi.org/10.3126/bcj.v6i1.62981

Keywords:

उत्तरआधुनिक, आदिम मनोवृत्ति, पुराकथा, मिथकीय विनिर्माण, सामूहिक अचेतन

Abstract

शंकरप्रसाद गैरे नेपाली आख्यानका क्षेत्रमा उत्तरआधुनिक चिन्तनलाई अनुसरण गरी उपन्यास लेख्ने व्यक्ति हुन् । प्रस्तुत लेखमा नेपाली समालोचनाका क्षेत्रमा समसामयिक कालमा चर्चामा रहेको मिथकीय सिद्धान्तका आधारमा शंकरप्रसाद गैरेको कृष्ण उपन्यासलाई विश्लेषण गर्ने काम गरिएको छ । कृष्ण उपन्यास पौराणिक विषयलाई आधुनिक आँखाबाट हेरिएको कृति हो । उपन्यासमा पुराणका सन्दर्भका साथमा समकालीन समाजको यथार्थ अवस्थालाई प्रस्तुत गरिएको पाइन्छ । यसलाई मिथकीय सिद्धान्तका आधारबाट अध्ययन गर्नु सान्दर्भिक मानिएको छ । मिथकीय सिद्धान्त पाश्चात्य साहित्य चिन्तनमा मूलतः उत्तरआधुनिक समयमा विकास भएको एक समालोचकीय मान्यता हो । युङ्गको सामूहिक अचेतनका पृष्ठभूमिबाट अतीतका विषय र घटनाहरूको खोजी गरी विश्लेषण गर्ने काम यसले गर्दछ । शंकरप्रसाद गैरेको कृष्ण उपन्यासमा प्रयुक्त मिथकीय सन्दर्भहरूलाई पहिचान गर्नु यस लेखको प्रमुख समस्या हो । मिथकीय अवधारणामा केन्द्रित रहेर कृष्ण उपन्यासको विश्लेषण गरी निष्कर्षमा पुग्नु नै प्रस्तुत लेखको उद्देश्य हो । मिथकीय सिद्धान्तमा टेकेर कृतिको विश्लेषण गरिएको हुनाले प्रस्तुत लेखमा समालोचनाको सैद्धान्तिक विधिलाई उपयोग गरिएको छ । कृष्ण उपन्यास महाभारतकालीन आख्यानको पुनर्लेखन हो । यस उपन्यासमा प्रयुक्त विषयवस्तु, पात्र र तिनको व्यवहार पौराणिक कथाकै पृष्ठभूमिमा उठेको देखाइएको छ । पौराणिक तथा अलौकिक घटना र सन्दर्भलाई समकालीन चेतनाका आधारमा प्रस्तुत गरी घटना, पात्र र तिनका प्रवृत्तिलाई पुनर्लेखन गरिएकाले उपन्यासमा मिथकीय चेतना अनुकूल बनेर आएको देखिन्छ । प्रस्तुत लेखमा आवश्यक सामग्री प्राथमिक र द्वितीयक स्रोतबाट लिइएको छ । मिथकीय पुनव्र्याख्या तथा पुनर्लेखनलाई सैद्धान्तिक आधार बनाई आवश्यकताअनुरूप प्राथमिक र द्वितीयक स्रोतबाट सामग्रीको सङ्कलन गरी लेखलाई व्यवस्थित गरिएको छ । यस लेखमा महाभारतकालीन द्वन्द्व, सत्तास्वार्थ तथा कपटपूर्ण व्यवहारहरूको सन्दर्भबाट वर्तमान नेपालको राजनीतिक, सामाजिक अवस्थालाई सम्बद्ध तुल्याइएकाले कृष्ण उपन्यासमा मिथकीय पुनर्लेखनको प्रभावकारी प्रयोग भएको निचोड निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
106
PDF
41

Downloads

Published

2023-12-31

How to Cite

पन्थ ट. (2023). कृष्ण उपन्यासमा मिथकीयता. Butwal Campus Journal, 6(1), 144–156. https://doi.org/10.3126/bcj.v6i1.62981

Issue

Section

Articles