‘बाबाको माया’ कथामा अभिघात

Authors

  • शंकरप्रसाद गैरे Assistant Professor, Department of Nepali, Tribhuvan Multiple Campus, Nepal

DOI:

https://doi.org/10.3126/bcj.v6i1.62980

Keywords:

अन्तर्घात, अभाव, द्वन्द्व, पीडा, विभेद

Abstract

प्रस्तुत समालोचनात्मक लेखमा उत्तरआधुनिक बहुलवादी समालोचनाअन्तर्गतको अभिघात सिद्धान्तका आधारमा रामलाल जोशीको बाबाको माया कथाको विश्लेषण गरिएको छ । अभिघात सिद्धान्तले विभिन्न घटना, दुर्घटना, हत्या, हिंसा, द्वन्द्व आदिका कारण प्रभावित हुन पुगेका शारीरिक तथा मानसिक रूपमा विक्षिप्त पात्रका दसाको अध्ययन गर्दछ । अतः त्यस प्रकारका विषयवस्तुको प्रस्तुति भएका साहित्यिक रचनाको अध्ययन गर्दछ । रामलाल जोशीको बाबाको माया कथा पात्रका शारीरिक तथा मानसिक दसा र पीडाको भोगाइका चरम उत्पीडनको प्रस्तुति रहेको कथाका रूपमा देखापर्दछ । अतः जोशीको उक्त कथामा प्रयुक्त अभिघातजन्य सन्दर्भलाई पहिचान गर्नु प्रस्तुत लेखको मुख्य समस्या रहेको छ । अभिघात सिद्धान्तमा केन्द्रित रहेर बाबाको माया कथाको विश्लेषण गर्नु लेखको उद्देश्य रहेको छ । अभिघात सिद्धान्तका सापेक्षमा निर्धारित कथाको विश्लेषण गरिएको हुँदा लेखमा समालोचनाको सैद्धान्तिक विधि उपयोग गरिएको छ । प्रस्तुत लेखलाई सम्पन्न गर्न बाबाको माया कथालाई मुख्य स्रोत सामग्रीका रूपमा चयन गरिएको छ भने पुस्तकालयीय कार्यबाट द्वितीय स्रोतसामग्रीको सङ्कलन गरी गुणात्मक अध्ययन अन्तर्गतको पहिचानात्मक तथा विश्लेषात्मक विधिको प्रयोग गरी अध्ययनलाई सम्पन्न गरिएको छ । सैद्धान्तिक विश्लेषण विधिका माध्यमबाट अध्ययनलाई अगाढि बढाई अभिघातसिद्धान्तका सापेक्षमा बाबाको माया कथा महत्त्वपूर्ण रहेको निष्कर्ष निरुपण गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
116
PDF
65

Downloads

Published

2023-12-31

How to Cite

गैरे श. (2023). ‘बाबाको माया’ कथामा अभिघात. Butwal Campus Journal, 6(1), 135–143. https://doi.org/10.3126/bcj.v6i1.62980

Issue

Section

Articles