जो मामै लोकगीतको विवेचना

Authors

  • थानेश्वर अर्याल Associate Professor, Department of Nepali Literature, Butwal Multiple Campus, Nepal

DOI:

https://doi.org/10.3126/bcj.v6i1.62970

Keywords:

लोकगीत, लोकसंस्कृति, रोइला, समाज, लिखित साहित्य

Abstract

लोकसाहित्य लोकसंस्कृतिको एउटा रोमाञ्चक र महत्त्वपूर्ण अङ्ग वा शाखा हो । नेपाली लोकसंस्कृति र लोकसाहित्य दुवै पक्षको झल्को दिने एउटा गीत हो–‘जो मामै’ । यस लेखमा प्रथमतः लोकसाहित्यको सामान्य परिचयसहित गुल्मी जिल्ला –लोकसंस्कृति र लोकसाहित्य, धार्मिक–आध्यात्मिक विषय वा साहित्य अनि ऐतिहासिक र विविध साहित्यिका दृष्टिले पनि परिचित रहेको तथा लोकसाहित्यिका दृष्टिले त निकै प्रसिद्ध र सदा उर्बर रहेको कुरा सङ्क्षेपमा उल्लेख गरिएको छ । तत्पश्चात् उल्लिखित ‘जो मामै’ गीत र त्यससँग सम्बन्धित ‘जिवेमामै’ गीतको विषयगत साम्यताको तुलनात्मक अध्ययन पनि गरिएको छ । नेपाली समाजको  मगर जातिमा मामाकी छोरी बिहे गर्ने प्रचलन पहिलेदेखि अहिलेसम्म पनि कतैकतै रहेभएको पाइन्छ । तदनुरूप ‘जो मामै’ गीतमा भानिजले मामासँग उनकी छोरी मागेको र मामाले भानिजलाई छोरी लाने नै भए खुसी बनाएर लैजान अनुमति दिएको कुरा उल्लेख गरिएको छ । नृत्यशैलीमा प्रस्तुत संस्कृतिबोधक पस्तुत लोकगीतको भाषा पनि जातिअनुकूल रहेको कुरा दर्शाउँदै नेपाली समाजको मगर समुदायमा पहिले मामाकी छोरी भानिजले बिहे गर्ने चलन रहेको थियो भन्ने कुरा गीतका आधारमा विवेचना गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
15
PDF
15

Downloads

Published

2023-12-31

How to Cite

अर्याल थ. (2023). जो मामै लोकगीतको विवेचना. Butwal Campus Journal, 6(1), 105–113. https://doi.org/10.3126/bcj.v6i1.62970

Issue

Section

Articles