निकटघटक विश्लेषण

Authors

  • सखिशरण सुवेदी Tribhuvan University, Butwal Multiple Campus

DOI:

https://doi.org/10.3126/bcj.v5i1.50201

Keywords:

अनुक्रम, अर्थाध्याहार, अन्तःकेन्द्रिक, द्विधा विभाजन, द्वयर्थक

Abstract

निकटघटक विश्लेषण वाक्यविश्लेषणको संरचनावादी अवधारणा हो । यसमा वाक्यमा आएका पदहरूको निकटताका आधारमा घटकीय विश्लेषण गरिन्छ । वाक्यसम्बन्धी गहन अध्ययन विश्लेषण अंग्रेजी र संस्कृत दुबैतर्फ भएको छ । भाषाविज्ञानका क्षेत्रमा  संरचनावादी भाषावैज्ञानिक ब्लुमफिल्डले वाक्य विश्लेषणको यो अवधारणा प्रस्तावित गरेका हुन् । वाक्यभित्रका घटकहरूको विश्लेषण संस्कृत व्याकरण र साहित्यशास्त्रमा पनि चर्चा भएको विषय हो । यस पद्धतिमा वाक्यका संरचक घटकहरूमध्ये कुनचाहिं घटक कुनचाहिं घटकको नजिक रहेको छ भन्ने विश्लेषण हुन्छ । घटकीय विश्लेषणका क्रममा संरचनालाई द्विधा विभाजन गरिन्छ । यसको विश्लेषणका वृक्षारेख, ऊध्र्वरेख, बाकस, धर्का र कोष्ठ गरी पाँच पद्धति मानिएका छन् । अनुक्रम मिलेको संरचनाको विश्लेषण गर्न सकिए तापनि भग्नक्रममा रहेका संरचनाको विश्लेषण गर्न समस्या देखिएकाले वाक्य विश्लेषणका नवीन अवधारणाहरूको विकास भएको हो । 

Downloads

Download data is not yet available.
Abstract
67
pdf
48

Downloads

Published

2022-12-13

How to Cite

सुवेदी स. (2022). निकटघटक विश्लेषण . Butwal Campus Journal, 5(1), 190–206. https://doi.org/10.3126/bcj.v5i1.50201

Issue

Section

Articles