अनुसन्धानात्मक लेखको एपिए ढाँचा र पद्धति

Authors

  • शालिकराम पौड्याल Tribhuvan University, Butwal Multiple Campus

DOI:

https://doi.org/10.3126/bcj.v5i1.50200

Keywords:

सन्दर्भाङ्कन, उद्धरण, शीर्षकीकरण, विज्ञसमीक्षा, तालिकीकरण

Abstract

अनुसन्धानात्मक लेख अनुसन्धानका निश्चित विधि र पद्धति अवलम्बन गरी लेखिने लेख हो । अनुसन्धानात्मक लेख निश्चित प्राज्ञिक समस्याको प्रामाणिक समाधान पहिल्याउनका निम्ति वस्तुगत तथ्य सङ्कलन गरी ती तथ्यलाई निश्चित सैद्धान्तिक पद्धति अवलम्बन गरी नवीन ज्ञानको खोजी गर्न लेखिन्छ । अनुसन्धानका पद्धतिहरूलाई आधार मानेर लेखिएको लेख वस्तुपरक, तथ्यपरक र वैज्ञानिक मानिन्छ । कुनै पनि विषयका बारेमा खोजबिन गरी गहन र व्यवस्थित ढङ्गबाट अध्ययन गरेर निष्कर्ष दिने काम अनुसन्धानात्मक लेखमा गरिन्छ । प्रस्तुत अनुसन्धानात्मक लेखको आवश्यक तत्वहरू शीर्षक चयन, समस्याको निर्धारण, अनुसन्धानात्मक लेखको उद्देश्य, अनुसन्धानात्मक लेख सङ्गठनको ढाचाका बारेमा प्रकाश पारिएको छ । अनुसन्धानात्मक ढाँचालाई आदि, मध्य र अन्त्यमा विभाजन गरी लेखसार वा सारसङ्क्षेप, शब्दकुञ्जी, विषयपरिचय, अध्ययनविधि, सैद्धान्तिक पर्याधार, छलफल र परिणाम, निष्कर्ष, कृतज्ञताज्ञापन, सन्दर्भ सामग्री, परिशिष्टका बारेमा अध्ययन गरिएको  छ । यसका साथै अनुसन्धानात्मक लेखमा प्रयोग हुने शीर्षकीकरण, सन्दर्भाङ्कन, सम्पादन र अभिलेखीकरण, सङ्ख्याको प्रयोग, उद्धरणको प्रयोग, अनुच्छेद योजना आदि पक्षका बारेमा पनि अध्ययन गरिएको छ । यसमा एपिए सातौँ संस्करण (सन् २०२०) ले स्वीकार गरेका ढाँचा र पद्धतिलाई अवलम्बन गरी त्यसका मुख्य पक्षहरूलाई यहाँ प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
84
pdf
266

Downloads

Published

2022-12-13

How to Cite

पौड्याल श. (2022). अनुसन्धानात्मक लेखको एपिए ढाँचा र पद्धति. Butwal Campus Journal, 5(1), 174–189. https://doi.org/10.3126/bcj.v5i1.50200

Issue

Section

Articles