यसरी एउटा नाउँ काटिन्छ कथामा सबाल्टर्न

Authors

  • Raju Bhusal Butwal Multiple Campus

DOI:

https://doi.org/10.3126/bcj.v4i1-2.45021

Abstract

प्रस्तुत लेखमा पारिजातद्वारा लिखित ‘यसरी एउटा नाउँ काटिन्छ’ कथालाई सबाल्टर्न सिद्घान्तका दृष्टिले विश्लेषण गरिएको छ । सदियौंदेखि इतिहासविहीन भएका वा बनाइएका समाजका किनारामा रहेर आवाज विहीन तथा अधिकारविहीन समुदाय नै सबाल्टर्न हुन् । सबाल्टर्न एउटा बृहत् सिद्घान्त हो । विचार धारात्मकरूपले हेर्दा यसमा एकभन्दा बढी विचारको बहुलता देखिन्छ । यसभित्र सबै प्रकारका विभेदहरूका कारण किनारीकृत हुन पुगेका सबै शोषित पीडितहरू अटाउन सक्ने भए पनि यस लेखमा सबाल्टर्न वर्गको वर्गीय, लैङ्गिक र जातीय अवस्था पहिचान गरी समाजमा उनीहरूको स्थान, प्रभुत्व र प्रतिरोधको अवस्थाको विश्लेषण गरिएको छ । यस कथाको समाजमा वर्गीय दृष्टिले उच्च वर्गको, जातीय दृष्टिले नछुट्टिए पनि उच्च संस्कृतिको समुदायका जातिको र लैङ्गिक दृष्टिले पुरूषको प्रभुत्व रहेको देखिन्छ भने प्रतिरोधको भावना सबाल्टर्न वर्गमा देखिदैन भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
65
pdf
54

Downloads

Published

2021-12-31

How to Cite

Bhusal, R. (2021). यसरी एउटा नाउँ काटिन्छ कथामा सबाल्टर्न. Butwal Campus Journal, 4(1-2), 205–213. https://doi.org/10.3126/bcj.v4i1-2.45021

Issue

Section

Articles