रामायणमा राम, भरत, लक्ष्मण र शत्रुघ्नजन्मसम्बन्धी मतमतान्तरहरूको विवेचना

Authors

  • Thaneshwor Aryal Butwal Multiple Campus

DOI:

https://doi.org/10.3126/bcj.v4i1-2.45016

Keywords:

Epical Story

Abstract

महर्षि वाल्मीकि संस्कृत साहित्यका आदिकवि हुन् । उनी द्वारा रचित रामायण आदिमहाकाव्य हो । यसलाई वाल्मीकि रामायण भनिन्छ । यसमा अयोध्याका राजा दसरथका छोरा रामचन्द्र र जनकपुरका राजा जनककी छोरी सीताको कथा छ । रामचन्द्रद्वारा लङ्काका राजा रावणको वध गरेको देखाई अन्याय–अत्याचार र असत्यको हार तथा सत्कर्म, सच्चरित्रता र सत्यको विजय हुन्छ भन्ने आदर्श मान्यताको स्थापना गरिएको छ । वाल्मीकि रामायणमा दशरथका रानीहरू कौशल्याका छोरा राम, कैकेयीका छोरा भरत र सुमित्राका छोरा लक्ष्मण र शत्रुघ्न भनिएको छ । अध्यात्म रामायण, रामचरित मानस, भानुभक्तको रामायण र रविकृत रामायण (यस रविकृत रामायणमा शत्रुघ्नको नाम छैन) मा पनि यही छ ।  वाल्मीकिद्वारा नै रचित आनन्द रामायणमा कौशल्याका छोरा राम, सुमित्राका छोरा लक्ष्मण र कैकेयीका जम्ल्याहा छोरा भरत र शत्रुघ्न भनिएको छ । बाल्यकाल, वनवासकाल र उत्तरार्धको समयमा समेत लक्ष्मण सदैव रामका निकटमा र सहयोगीका रूपमा रहेको पाइन्छ र शत्रुघ्न सदैव भरतका निकटमा र उनैका सहयोगीका रूपमा रहेको पाइन्छ । हुन त वाल्मीकि रामायण नै आधिकारिक मानिंदै आएको परम्परा छ । तदनुरूप वाल्मीकि रामायण, अध्यात्म रामायण, रामचरित मानस, भानुभक्तको रामायण र रविकृत रामायणमा राम, भरत, लक्ष्मण र शत्रुुघ्नका जन्मका कुरामा र यिनीहरूका आमाहरूका बारेमा पनि एकरूपता छ । यी मान्यता र तथ्यहरूका विपरीत वाल्मीकिद्वारा नै रचित आनन्द रामायणमा कौशल्यापुत्र राम, सुमित्रापुत्र लक्ष्मण तथा कैकेयीपुत्र भरत र शत्रुघ्न भनेर उल्लेख गरिएको छ । साथै लक्ष्मण रामसग निकट र शत्रुघ्न भरतसँग निकट देखिइरहने हुनाले पनि भरत र शत्रुघ्न नै कैकेयीका जम्ल्याहा पुत्र हुन् भन्ने कुरा सत्य र प्रामाणिक देखिन्छ । यही विचार अघि सार्नु प्रस्तुत लेखको सार हो ।

Downloads

Download data is not yet available.
Abstract
111
pdf
108

Downloads

Published

2021-12-31

How to Cite

Aryal, T. (2021). रामायणमा राम, भरत, लक्ष्मण र शत्रुघ्नजन्मसम्बन्धी मतमतान्तरहरूको विवेचना. Butwal Campus Journal, 4(1-2), 161–176. https://doi.org/10.3126/bcj.v4i1-2.45016

Issue

Section

Articles