नेपाली भाषाको ऐतिहासिक विकासक्रम ः खस प्राकृतदेखि मानकीकरणसम्म

Authors

Abstract

प्रस्तुत अध्ययन वर्णनात्मक–विश्लेषणात्मक विधि अवलम्बन गरी नेपाली भाषाको मूल, विकासक्रम तथा वर्तमान स्वरूप निर्माणका आधारहरूको ऐतिहासिक, तुलनात्मक र समाजभाषावैज्ञानिक दृष्टिले गरिएको छ । यहाँ भारोपेली परिवारको भारतीय–आर्य शाखाअन्तर्गत पर्ने र नेपाली भाषाको विकास, भारतीय उपमहाद्वीपको उत्तरपश्चिमी भेगमा विकास भएको खस प्राकृत–खस अपभ्रंश–खसकुरा÷खस भाषा हुँदै सिँजाली, मल्ल–पर्वते, गोरखा भाषा र आधुनिक नेपालीसम्म भएको निष्कर्ष निकालिएको छ । भाषा विकासको मान्यतामा नेपाली शौरसेनी तथा पैशाची प्राकृतसम्बन्धी मतहरू रहे पनि भाषिक, भौगोलिक र अभिलेखीय आधारमा खस प्राकृत–खस अपभ्रंशको विकासरेखा बढी प्रमाणसम्मत देखिन्छ । यस अध्ययनले नेपाली भाषाको विकासलाई प्राथमिक (सुरुदेखि १४५४ सम्म), माध्यमिक (१४५५–१९५७ अघि) र आधुनिक (१९५८ पछि) गरी तीन कालमाविभाजन गरीविश्लेषण गरेको छ । नेपाली भाषा विकासर विस्तारका सिलसिलामा भएकानेपाल एकीकरण,राज्यविस्तार, भाषिक सम्पर्क, साहित्य, शिक्षा, पत्रकारिता, व्याकरण, शब्दकोश तथा सूचना प्रविधिको विकासजस्ता कार्यहरूले नेपाली भाषाको विस्तार, मानकीकरण र वर्तमान स्वरूप निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। यसरी नेपाली भाषा एकै स्रोतको भाषा विकासको सोझो प्रक्रियाबाट मात्र नभएर ऐतिहासिक, सामाजिक, राजनीतिक तथा भाषिक अन्तक्र्रियाबाट निरन्तर विकसित गतिशील रूपमा समाजमा रहेको देखिन्छ । 

Abstract
33
PDF (Nepali)
44

Downloads

Published

2026-09-16

Issue

Section

Articles

How to Cite

Pokharel , S. (2026). नेपाली भाषाको ऐतिहासिक विकासक्रम ः खस प्राकृतदेखि मानकीकरणसम्म. Apara अपरा, 6(1), 116-127. https://doi.org/10.3126/apara.v6i1.99983