डट कम कथामा विधामिश्रण
Keywords:
निजात्मकता, विधाभन्जन, विधामिश्रण, लयात्मकता, वैचारिकताAbstract
प्रस्तुत लेख हरिहर पौडेलद्वारा लिखित ‘डट कम’ कथामा प्रयुक्त विनिर्माण सिद्धान्तका विभिन्न प्रक्रियामध्ये विधामिश्रणको विश्लेषणमा केन्द्रित रहेको छ । विवेच्य कथामा निबन्ध र कविताकामुख्य तत्त्वहरूको उपस्थिति पाइन्छ । पाठ विश्लेषण विधिको उपयोग गरी विधामिश्रणको अवस्थासम्बन्धी अध्ययन विश्लेषण गरिएको हुनाले प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको रहेको छ । यस कथामा निबन्ध र कविताका तत्त्वहरूको प्रयोग भएकाले एकातिर कथाको परम्परागत संरचनात्मक स्वरूप भत्किएको छ भने अर्कातिर कथामा अन्य विधाको मिश्रण भएको छ । यस लेखमा निबन्धका तत्त्वहरू निजात्मकता, तार्किकता र चारिकता र कविताका तत्त्वहरू लयात्मकता र विम्बविधानको सामान्य परिचय दिई कथामा तिनको मिश्रण हुनसक्नेसम्बन्धी सिद्धान्त पनि प्रस्तुत गरिएको छ । यस कथामा लेखकीय निजी विचार, अनुभूति र चिन्तन निबन्धअनुरूप प्रस्तुत गरिएकाले कथाले विधाभञ्जन भई यसले निबन्ध जस्तो स्वरूप ग्रहण गरेको छ । त्यसै गरी कथाले लय र विम्बविधानका माध्यमबाट कविताजस्तो स्वरूप ग्रहण गरेको छ । यसले गर्दा विवेच्य कथामा विधामिश्रणद्वारा विधाभञ्जन हुन पुगेको निष्कर्ष निकालिएको छ ।