राजबाबुको ‘अगमपुथी’ कथामा स्वैरकल्पना

Authors

Keywords:

अपराधबोध, पुनर्पाठ, मातृत्व, मिथकीयता, विध्वंस ।

Abstract

प्रस्तुत लेखमा राजबाबु श्रेष्ठ सागरद्वारा लिखित ‘अगमपुथी’ कथालाई स्वैरकल्पना सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । स्वैरकल्पना चमत्कार, अलौकिकता वा यथार्थबाट पलायन गराउने साहित्यिक प्रवृत्तिका मात्र नभई समाजमा स्थापित मूल्य, मान्यता, विचारधारा तथा सांस्कृतिक संरचनामाथि प्रश्न उठाउने सशक्त साहित्यिक अभिव्यक्ति हो भन्ने रोजमेरी ज्याक्सनको अवधारणालाई पाठविश्लेषणको सैद्धान्तिक पर्याधारका रूपमा यसमा लिइएको छ । यस अध्ययनमा पुस्तकालयीय सामग्रीको उपयोग गरी गुणात्मक अनुसन्धान पद्धति तथा पाठविश्लेषणलाई प्रमुख आधार बनाइएको छ । ‘अगमपुथी’ कथामा प्रयुक्त स्वैरकल्पनात्मक संरचनाले मातृत्व, अपराधबोध, पश्चात्ताप, नैतिक उत्तरदायित्व तथा कर्मफलसम्बन्धी सांस्कृतिक चेतनालाई कसरी पुनर्संरचना गरेका छन् भन्ने पक्षको विश्लेषण गरी यसमा शोध्यप्रश्नको निष्कर्ष निकालिएको छ । यस अध्ययनले ‘अगमपुथी’मा प्रयुक्त स्वैरकल्पना मनोरञ्जन वा पलायनको माध्यम नभई सामाजिक तथा नैतिक चेतनाको पुनर्समीक्षा गर्ने कलात्मक संरचना रहेको र रोजमेरी ज्याक्सनद्वारा तिपादित विध्वंसात्मक स्वैरकल्पना, इच्छा, अभाव, अदृश्य तथा अव्यक्त सांस्कृतिक पक्ष, प्रतीकात्मक रूपान्तरण, सीमाभङ्ग तथा यथार्थको वैचारिक पुनर्पाठजस्ता अवधारणालाई नेपाली सांस्कृतिक परिवेशमा सिर्जनात्मक ढङ्गले रूपायित गरेको निष्कर्षसमेत निकालेको छ ।

Abstract
54
PDF (Nepali)
58

Downloads

Published

2026-09-16

Issue

Section

Articles

How to Cite

Aryal, A. (2026). राजबाबुको ‘अगमपुथी’ कथामा स्वैरकल्पना . Apara अपरा, 6(1), 13-25. https://doi.org/10.3126/apara.v6i1.99970