तम्मर तरौँन लोकगीतको विधातात्त्विक अध्ययन

Authors

  • Kularaj Niraula पद्मकन्या बहुमुखी क्याम्पस Padmakanya Multiple Campus, TU

DOI:

https://doi.org/10.3126/apara.v5i1.84120

Keywords:

सदाकालिक, सम्पादन, प्रस्रवण, प्रण

Abstract

प्रस्तुत लेख लोकसाहित्यका विधाहरूमध्ये लोकप्रिय विधाका रूपमा परिचित ‘तम्मरै तरौँन’ लोकगीतको विधातत्त्वका आधारमा विश्लेषण गर्ने उद्देश्यमा केन्द्रित रहेको छ । यस क्रममा लोकसाहित्यका सिद्धान्तमा अधारित भएर लोकगीतका तत्त्वहरूलाई विश्लेषणको सैद्धान्तिक आधार बनाइएको छ । लोकगीतका तत्त्वहरूमा विषयवस्तु, संरचना, भाषाशैली, लय वा भाका, स्थायी तथा अन्तरा र उद्देश्यका साथै यस गीतको सामाजिक तथा सांस्कृतिक सम्बन्ध र तनाव व्यवस्थापनलाई समेत आधार बनाएर उक्त गीतको विश्लेषण गरिएको छ । यस लेखको प्राथमिक सामग्रीका रूपमा बेनुप्रसाद चुडालबाट सङ्कलित ‘तम्मरै तरौँन’ लोकगीतको मूलपाठ तयार गरी प्राप्त तथ्यलाई विश्लेषणको आधार बनाइएको छ । लेखमा द्वितीयक सामग्रीका रूपमा लोकसाहित्यका साथै लोकगीतसँग सम्बद्ध सिद्धान्तलाई उपयोग गरिएको छ । विश्लेष्य गीत पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र मूलतः त्यस आसपासका जिल्लामा समेत लाग्ने मेलाबजारमा गाइने हुँदा त्यहाँ बसोवास गर्ने समुदायका लोकजीवनको प्रतिविम्ब यसमा प्रकट भएको छ । गीतमा प्रेमी र प्रेमिकाका बिचमा हुने जुहारीका माध्यमबाट कसरी आफ्नो जीवन साथी बनाउन पुग्दछन् भन्ने प्रस्ट पारिएको छ । उनीहरू भेट हुन मेलाबजार जाने गर्दछन् र त्यहाँ चिनाजान भएपछि घरजाम गर्ने कुरा सम्मको अठोट गर्दछन् भन्ने विमर्श समेत यस लेखमा गरिएको छ । पूर्वी पहाडमा बसोवास गर्ने जातजातिका युवायुवतीहरूमा प्रेम गर्नु पूर्व जे जस्ता शङ्का उपशङ्का भए पनि देवीदेवता र पञ्चलाई राखेर गरेको वैवाहिक जीवन र त्यसमा बाँधिन पाए मात्र दिगो हुन्छ भन्ने मनोभावना गीतमा व्यक्त भएको छ भन्ने निष्कर्ष यस लेखमा निकालिएको छ । 

Downloads

Download data is not yet available.
Abstract
44
PDF (नेपाली)
16

Author Biography

Kularaj Niraula, पद्मकन्या बहुमुखी क्याम्पस Padmakanya Multiple Campus, TU

सहप्राध्यापक

Published

2025-09-05

How to Cite

Niraula, K. (2025). तम्मर तरौँन लोकगीतको विधातात्त्विक अध्ययन . Apara अपरा, 5(1), 34–43. https://doi.org/10.3126/apara.v5i1.84120

Issue

Section

Articles