जङ्गबहादुरको बेलाइत यात्रामा बिम्बप्रयोग
DOI:
https://doi.org/10.3126/apara.v5i1.84118Keywords:
खर्खजाना, गुडमानि, फर्माउनु, स्वस्तिAbstract
प्रस्तुत लेख जङ्गबहादुरको बेलाइत यात्रा नामक संस्मरणमा प्रयोग भएका बिम्बका विभिन्न स्वरूपहरूको विश्लेषण र मूल्याङ्कनमा केन्द्रित छ । यस संस्मरणात्मक कृतिलाई विभिन्न साहित्यिक कोणबाट अध्ययन गर्न सकिने भए तापनि यस लेखमा बिम्बको प्रयोगको अवस्थालाई मात्र विश्लेषण गरिएको छ । यस कृतिमा अन्तर्निहित बिम्बात्मक प्रयोगको पहिचान गर्नु नै यस अध्ययनको उद्देश्य रहेको छ । यस उद्वेश्य प्राप्तिका लागि प्रस्तुत यात्रा संस्मरणमा प्रयुक्त बिम्बहरूको प्रकृति र प्रयोगको किटान गरिएको छ । जङ्गबहादुरको बेलाइत यात्रामा बिम्बका विभिन्न रूपहरूको प्रयोग भएको पाइन्छ । यसमा बिम्बहरूको सामान्य प्रकारहरू देखाउँदै ऐन्द्रियिक प्रतीकात्मकता, यौन, ऐतिहासिकता, मिथकीय, लोक, ब्रह्माण्ड, प्राकृतिक, सांस्कृतिक...आदि बिम्बका आधारमा विश्लेषण गरिएको छ । यसका लागि यात्राका क्रममा अभिव्यक्त विशिष्ट पङ्तिmलाई सोद्देश्यमूलक साक्ष्यका रूपमा प्रस्तुत गरिएको छ । यस्ता बिम्बहरूले कथ्य विषयका भावसन्दर्भलाई चोटिलो रूपमा प्रस्तुत गरी अर्थोद्घाटन गर्ने भएकाले प्रयुक्त बिम्बलाई साक्ष्यका रूपमा राखिएको छ । यस अध्ययनलाई पूर्णता दिनका लागि पुस्तकालयीय कार्यबाट सामग्रीको सङ्कलन गरिएको छ । यस अध्ययनबार्ट जङ्गबहादुरको बेलाइत यात्रा’ नामक यात्रा संस्मरणमा कतिपय सन्दर्भमा नवीन अप्रचलित तथा कतिपय अवस्थामा बहुप्रचलित बिम्बहरूको प्रयोग भएको र यसले यस यात्रा विवरणलाई विशिष्ट र दुरुह समेत बनाएको निष्कर्ष निकालिएको छ ।