रणदुल्लभ एकाङ्कीमा करुण रस

Authors

  • Upama Acharya पद्मकन्या बहुमुखी क्याम्पस Padmakanya Multiple Campus, TU

DOI:

https://doi.org/10.3126/apara.v5i1.84117

Keywords:

परिपाक, विभाव, आस्वादन, अनुभाव

Abstract

प्रस्तुत लेखमा बालकृष्ण समद्वारा लिखित ‘रणदुल्लभ’ एकाङ्कीलाई अध्ययनको विषय बनाइएको  छ । पूर्वीय काव्य सिद्धान्तको सबैभन्दा महत्वपूर्ण मानिएको रस सिद्धान्तका आधारमा विवेच्य एकाङ्कीको अध्ययन गरिएको छ । देशप्रेम मूलभाव रहेको एकाङ्कीको अध्ययनका क्रममा नवरसमध्ये करुण रसलाई केन्द्रको मूल रूपमा राखी अध्ययन विश्लेषण गरिएको छ । पाठक वा श्रोताले कुनै पनि काव्यकृति पढेर वा सुनेर उसका मनमा उब्जिने भाव वा अनुभूतिलाई रस भनिन्छ । पाठकले अनुभूत गर्ने आनन्दलाई रससामग्रीका आधारमा विश्लेषण गर्ने मान्यता अनुरूप साहित्यको मर्म निःसृत हुन्छ । यस एकाङ्कीमा राजोचित गुणले युक्त माहिला युवराज प्रमुख नायक रणदुल्लभको मृत्युले करुण रस मुख्य वा अङ्गी रसको रूपमा देखिएको छ । अध्ययन विश्लेषणका क्रममा करुण रसको पोषकका रूपमा शान्त, स्नेह, शोक, प्रेम, वात्सल्य आदि रसको समेत उपयोग गरिएको छ । अतिशय पितृभक्त, अतिशय भ्रातृभक्त, अतिशय राष्ट्रभक्त शूरवीर देशभक्त नायकले आत्महत्याबाट मृत्यु वरण गर्नुपर्ने बाध्यात्मक परिस्थितिले पाठकका हृदयमा रहेको शोक स्थायी भाव उद्दीप्त भई करुण रस परिपाकमा पुगेको छ । त्यसैले यस रणदुल्लभ एकाङ्कीमा करुण रस अभिव्यक्त भएको निष्कर्ष निकालिएको छ । 

Downloads

Download data is not yet available.
Abstract
36
PDF (नेपाली)
21

Author Biography

Upama Acharya , पद्मकन्या बहुमुखी क्याम्पस Padmakanya Multiple Campus, TU

उपप्राध्यापक

Published

2025-09-05

How to Cite

Acharya , U. (2025). रणदुल्लभ एकाङ्कीमा करुण रस. Apara अपरा, 5(1), 13–23. https://doi.org/10.3126/apara.v5i1.84117

Issue

Section

Articles