कल्पितका कथामा प्रेमको आदर्शीकरण

Authors

  • Ambika Aryal पद्मकन्या बहुमुखी क्याम्पस Padmakanya Multiple Campus, TU

DOI:

https://doi.org/10.3126/apara.v5i1.84116

Keywords:

आध्यात्मिकता, निष्ठा, आदर्श, निःस्वार्थ, परिकल्पना

Abstract

प्रस्तुत अध्ययन कल्पितको ग्याब्रियले कथासङ्ग्रहभित्रका कथामा अभिव्यक्त प्रेमको आदर्शीकरणको निरूपणमा केन्द्रित छ । प्रेमलाई यथार्थभन्दा परिपूर्ण, उच्च र शुद्ध रूपमा चित्रण गर्ने प्रक्रिया प्रेमको आदर्शीकरण हो । यस अवधारणामा प्रेमलाई कुनै कमी वा त्रुटि नभएको, केवल त्याग, निष्ठा र समर्पणले भरिएको दिव्य अनुभूति मानिन्छ । कल्पितका कथामा यस किसिमको अवधारणालाई कसरी प्रस्तुत गरिएको छ भन्ने समस्या यसको प्राज्ञिक जिज्ञासा हो । उनका कथामा अभिव्यक्त प्रेमको आदर्शीकरणको खोजी गर्नु यस लेखको उद्देश्य रहेको छ । यसमा ग्याब्रियले कथासङ्ग्रहलाई प्राथमिक सामग्रीका रूपमा र यससँग सम्बन्धित अध्ययन तथा आदर्श प्रेमसम्बन्धी अवधारणासँग सम्बद्ध कृतिलाई द्वितीयक सामग्रीका रूपमा लिई पुस्तकालयीय कार्यबाट सामग्रीको सङ्कलन गरिएको छ । पाश्चात्य दार्शनिक प्लेटो, अरस्तु र स्टनबर्गको प्रेमको आदर्शीकरणसम्बन्धी अवधारणालाई सैद्धान्तिक आधार मान्दै यसभित्रका आदर्श मित्रता, भौतिक मोहको त्याग, निःस्वार्थता, आत्मिकताजस्ता बुँदाहरूलाई विश्लेषणका ढाँचाका रूपमा लिइएको छ । चयनित कथामा अभिव्यक्त प्रेमको आदर्शीकरणसम्बन्धी दृष्टिकोणलाई सैद्धान्तिक आधारका सापेक्षमा विश्लेषण गरिएको हुनाले यो लेख निगमनात्मक पद्धतिको बनेको छ । यसमा विश्लेषणात्मक एवम् वर्णनात्मक पद्धतिबाट तथ्यको विश्लेषण गरी समस्याको समाधान निकालिएको छ । यस क्रममा कल्पितका ग्याब्रियले कथासङ्ग्रहभित्रका कथामा त्याग, निष्ठा एवम् समर्पणयुक्त अभौतिक र आत्मिक प्रेमसम्बन्धलाई मूल विषय बनाई प्रेमको आदर्शीकरण गरिएको निष्कर्ष निकालिएको छ । 

Downloads

Download data is not yet available.
Abstract
101
PDF (नेपाली)
41

Author Biography

Ambika Aryal, पद्मकन्या बहुमुखी क्याम्पस Padmakanya Multiple Campus, TU

विभागीय प्रमुख, नेपाली विभाग

Published

2025-09-05

How to Cite

Aryal, A. (2025). कल्पितका कथामा प्रेमको आदर्शीकरण . Apara अपरा, 5(1), 1–12. https://doi.org/10.3126/apara.v5i1.84116

Issue

Section

Articles