नयाँ मुगलान उपन्यासको समाजशास्त्र

Authors

  • Man Maya Pokharel

DOI:

https://doi.org/10.3126/anweshan.v3i1.81971

Keywords:

ग्लोबल, पदचिह्न, भूमण्डलीकरण, विश्वग्रामीकरण

Abstract

प्रस्तुत लेखमा हिपोलाइट एडल्फ तेनको प्रजाति, क्षण र परिवेशका आधारमा गोविन्दराज भट्टराईद्वारा लिखित नयाँ मुगलान उपन्यासको समाजशास्त्रीय अध्ययन गरिएको छ । व्याख्यात्मक र विश्लेषणात्मक विधिको प्रयोग गरिएको यो लेखमा उपन्यासमा प्रयुक्त प्रजाति, क्षण र परिवेशसँग सम्बद्ध सन्दर्भको खोजी गरेर तिनीहरूका आधारमा उपन्यासको समाजशास्त्रीय विश्लेषण गरिएकाले प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको रहेको छ । प्रस्तुत उपन्यासका मुख्य र सहायक पात्रहरूका वंशपरम्परा, तिनका संस्कारगत विशेषता, सांस्कृतिक गतिविधि आदिका आधारमा तिनीहरू विश्वमानव समुदायका आर्य जातिका नेपाली प्रजाति हुन् । नयाँ मुग्लान उपन्यासमा बीसौँ शताब्दीको अन्तिम क्षणलाई सङ्केत गर्दै स्वदेशमा रोजगारीको अवसर प्राप्त नहुँदा रोजगारीको खोजीमा युवाहरू युरोप, अमेरिका र इजरायल पुगेका, खाडी मुलुक गएका युवाको लास बाकसमा आउँदा परिवारमा छाएको निराशा तथा युक्रेन र रसियाको युद्ध प्रसङ्ग आदिले वर्तमान क्षणको युगीन सन्दर्भ देखाएको छ । यस उपन्यासले नेपाली समाजको अतीतको मुगलान परम्परा प्रस्तुत गर्दै नेपालीहरू विश्वग्रामीकरणले साँघुरो बनाएको विàका श्रमिक बनेको वर्तमान अवस्थामा नयाँ र फराकिलो मुगलाने परम्पराले ल्याएका सकारात्मक र नकारात्मक पक्ष प्रस्तुत गरेको छ । यसमा राज्यका जिम्मेवार व्यक्तिहरूसमेत ठगी धन्धामा लागेको तत्कालीन समसामयिक युगीन सन्दर्भसमेत प्रस्तुत गरिएको छ । यो लेखमा उपन्यासमा प्रयुक्त घटना, पात्र तथा परिवेशगत प्रस्तुतिले यस उपन्यासमा विà मानव समुदायका नेपाली प्रजातिहरूको बिसौँदेखि एक्काइसौँ शताब्दीका विभिन्न युगीन सन्दर्भ तथा परिवेश प्रतिबिम्बित भएको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
110
PDF
37

Downloads

Published

2025-07-21

How to Cite

Pokharel, M. M. (2025). नयाँ मुगलान उपन्यासको समाजशास्त्र. Samaj Anweshan समाज अन्वेषण, 3(1), 124–133. https://doi.org/10.3126/anweshan.v3i1.81971

Issue

Section

Research Article