मष्टो परम्पराले समाजमा पारेको प्रभाव

Authors

  • Dhurbaraj Khanal

DOI:

https://doi.org/10.3126/anweshan.v3i1.81962

Keywords:

मैठो, धामी, खस पूजा, विशिष्ठता

Abstract

प्राकृतिक सम्पदा सांस्कृतिक धरोहर मौलिक कला संस्वृmतिको उद्गम स्थलका रूपमा रहेको नेपाल, त्यसमा पनि कर्णाली र सुदूरपश्चिम क्षेत्र नेपाली कला, संस्कृति, चाडपर्व, रीतिरिवाज र मौलिक संस्कृतिका दृष्टिकोणमा अझैँ उर्भरभूमिका रूपमा रहेका छन् । नेपाल विविध धर्म र संस्कृतिको सङ्गमस्थल हो । क्षेत्रफलका हिसाबले सानो राष्ट्र भए पनि नेपालमा १२४ ओटा भाषा र १४२ ओटा जातजातिहरूको बसोबास रहेको छ । नेपालको संस्कृतिको मुख्य आधारशिला सहिष्णुता, सहअस्तित्व र पारस्पारिक सम्मान हो । विविध संस्वृmतिको भूमि नेपालको कर्णाली र सुदूरपश्चिम क्षेत्रमा रहेको मष्टो एउटा विशिष्ट सांस्कृतिक परम्परा हो । मध्यएसियाबाट नेपाल आउने क्रममा खसहरूले मष्टो उपासना, वmेदार उपासना, दुर्गा उपासना र कुल पूजासँगै  ल्याएको भन्ने किंवदन्ती रहेको पाइन्छ । मष्टो संस्कृति कुमाउँ, गढवालसहितत नेपालको सुदूरपश्चिम र मध्यपश्चिमको पहाडी, हिमाली, चुरेको किनाराहरूमा आज पनि जनजीवनको महत्त्वपूर्ण हिस्साका रूपमा अपनाइरहेको पाइन्छ । खसहरूको अतिप्राचीन पाटोलाई आज पनि कर्णाली, महाकाली नजिकको प्रस्रवण क्षेत्रमा दैनिक जीवनमा, आध्यात्मिक जीवनमा, मेला पर्व, कुलपूजाको रूपमा, र अप्ठ्यारा क्षणहरू पार गर्न अपनाउने गरेको पाइन्छ । सुदूरपश्चिम र मध्यपश्चिमतिर वर्षको दुई पटकसम्म मष्टो पूजा गर्ने गरिन्छ । कुलायन पूजामा मष्टो र नौ दुर्गा भवानीको उपासना गरिने कुरा कर्णाली प्रस्रवणदेखि पूर्वतिर बसाइँ सरेकाहरूमध्ये धेरैले बिर्सिसकेका छन् । तर पनि पूर्विय समाजले पनि कहीँकतै मष्टोलाई अनुसरण गरेको पाइन्छ । मष्टोका बहिनी मानिएका नौ दुर्गा भवानीहरूको मन्दिर स्थापना गरेर नित्य पूजाआराधना गरेको पाइन्छ । यो क्षेत्रमा गरिने आराधनामा हाम्रो मूल परम्परामा जस्तै धामीले गर्ने विभिन्न आध्यात्मिक क्रियाकलापहरूको नेतृत्व गरेको पाइँदैन । विन्ध्यवासिनी, कालिका, मालिका, चण्डी आदि थुप्रै मष्टोसँगै पुकार गरिने स्थानीय गण देवदेवीहरूको प्रचलन छ । अतः मूल परम्परामा विचलन आएर वैदिक धर्ममा विलय भएको पाइन्छ । कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा यो परम्परालाई धेरै महत्त्वका साथ हेर्ने गरीएको पाइन्छ ।

Downloads

Download data is not yet available.
Abstract
80
PDF
47

Downloads

Published

2025-07-21

How to Cite

Khanal, D. (2025). मष्टो परम्पराले समाजमा पारेको प्रभाव. Samaj Anweshan समाज अन्वेषण, 3(1), 84–93. https://doi.org/10.3126/anweshan.v3i1.81962

Issue

Section

Research Article