नेपालका चाडपर्व र संस्कारको सामाजिक विश्लेषण तथा रूपान्तरण
DOI:
https://doi.org/10.3126/anweshan.v3i1.81952Keywords:
संस्कृतिकर्मी, भूमण्डलीकरण, रूपान्तरणAbstract
यो लेखमा नेपालका चाडपर्व र संस्कारहरूको ऐतिहासिक सन्दर्भ, वर्तमान अवस्था, विश्व व्यवस्थाको बदलिँदो स्वरूप र नेपाली सन्दर्भ जोड्ने प्रयास गरिएको छ । यसका साथै विभिन्न सांस्कृतिककर्मीहरूको भनाइ र रूपान्तरणको बारेमा विश्लेषण गरिएको छ । प्रकृतिसँगको अन्तर्क्रया र मानिसको लामो अनुभवबाट संस्कृतिको निर्माण हुन्छ । कार्ल माक्र्सले संस्कृतिलाई उत्पादनका सम्बन्धसँग जोड्नुभएको छ अर्थात् संस्कृति उत्पादनको सम्बन्धबाट उत्पन्न हुन्छ । संस्कृति र चाडपर्व र संस्कार समयअनुसार परिवर्तन, परिमार्जन र विभिन्न किसिमले उपयोग हुँदै आएको छ । विश्वको समग्र इतिहास हेर्ने हो भने सत्तापक्षले संस्कृतिको अपव्याख्या गर्ने र आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्दै आएको देखिन्छ । पश्चिमा र पूर्वेली दुवै सभ्यतामा संस्कृतिसँग जोडिएर आउने धार्मिक चाडपर्व र संस्कारमार्फत राज्यले मानिसलाई अधीनमा पार्दै आएको छ । नेपालमा विभिन्न चाडपर्व तथा संस्कार मनाउँदै आइएको छ । ती कतिपय धर्मसँग जोडिएका छन् भने कतिपय आर्थिक र प्रावृmतिक सम्बन्धमा गाँसिएका छन् । नेपालको चाडपर्व तथा संस्कारले सामाजिकता प्राप्त गरेकाले ती सर्वव्यापी बन्दै आएका छन् । तर पनि समय र परिस्थितिअनुसार तिनीहरू परिवर्तन हुँदै आएका छन् । आधुनिकीकरण र भूमण्डलीकरण चाडपर्व र संस्कारमा धेरै रूपान्तरण भएका छन् । अर्कोतर्फ चाडपर्व र संस्कारकसरी रूपान्तरण गर्न सकिन्छ भन्ने बहस भइरहेका छन् । चाडपर्व र संस्कारलाई कसरी विश्लेषण गर्ने र रूपान्तरण कसरी हुन सक्छ भन्ने बारेमा यो लेखले विभिन्न विद्वान्का अध्ययनलाई आफ्नो अनुसन्धान सामग्री बनाएको छ । आर्थिक पक्ष तथा उपभोगलाई मात्र जोड दिँदा नेपाली चाडपर्व र संस्कार ठिमाहा बन्न पुगेका छन् । नेपालमा चाडपर्व र संस्कारलाई पूर्ण निषेध होइन, यसको धार्मिक पक्षलाई कम गर्दै सामाजिक सम्बन्धलाई अझ बढाउँदै यसको रूपान्तरण गर्न सकिन्छ भन्ने यस लेखको मुख्य सार रहेको छ ।