सामाजिक मनोविज्ञानमा आन्दोलन र विद्रोहको विरासत अवसर कि चुनौती
DOI:
https://doi.org/10.3126/anweshan.v3i1.81951Keywords:
विरासत, प्रजातन्त्र, बहुलवाद, राजनीतिAbstract
नेपाली समाजलाई अग्रगमन, लोकतान्त्रिक शासन व्यवस्था, नागरिकको मौलिक अधिकारको संरक्षणको दिशामा अगाडि बढाउन आन्दोलन र विद्रोहले महत्त्वपूर्ण भूमिका खेलेको अवस्था बोल्न सकिँदैन, तर पनि विद्यमान समयमा नेपाली समाजको मनोविज्ञानमा आन्दोलन गरेपछि सत्तालाई घुँडा टेकाउन सकिन्छ र सत्तालाई घुँडा टेकाउन सकेको खण्डमा आफ्ना निहित स्वार्थहरू पूरा हुन्छन् भन्ने मनोविज्ञान विकसित भइरहेको अवस्था छ । यस सन्दर्भमा यस अध्ययनमा नेपाली समाजले आन्दोलन तथा विद्रोहलाई कसरी प्रयोग गर्दै गरेको छ; के नेपाली समाजले आन्दोलन र विद्रोहलाई सामाजिक एकीकरण तथा आम नागरिकको आधारभूत अधिकारको संरक्षणको दिशामा प्रयोग गरेको छ वा एउटा शासकलाई विस्थापित गरेर अर्को शासकलाई सत्तामा पुर्याउने औजारका रूपमा आफूलाई स्थापित गरेको छ ? यस लेखमा नेपाली समाजको सामाजिक मनोविज्ञानमा आन्दोलन र विद्रोहको विरासत अवसर कि चुनौती भन्ने विषयमा प्रकाश पारिएको छ । यस अध्ययनलाई सिलसिलेवार रूपमा अगाडि बढाउन गुणात्मक अध्ययन विधि प्रयोग गरेर विभि; दस्तावेजहरूलाई तथ्याङ्कको स्रोतका रूपमा लिएर प्रस्तुत विषयमाथि विमर्श गरिएको छ । द्वितीय स्रोतको मात्र प्रयोग गरिएको यस अध्ययनले आमनेपाली समाजको सामाजिक मनोविज्ञानले आन्दोलन र विद्रोहको विरासतलाई सकारात्मकभन्दा पनि नकारात्मक रूपमा प्रयोग गर्न खोजिरहेको छ† जसले गर्दा आन्दोलन र विद्रोहले स्थापित गरेका सकारात्मक पक्षमा आमजनताको भरोसा कमजोर हुँदै गएको अवस्था देख्न सकिन्छ । यस्तो अवस्थाबाट स्थायित्व र लोकतन्त्रको संस्थागत विकास सम्भव नहुने हुँदा आन्दोलन र विद्रोहले विगतमा सृजना गरेको नकारात्मक असरलाई ध्यानमा राख्दै प्रजातान्त्रिक सरकारप्रति विश्वासको वातावरण तयार गर्न शासनसत्तामा बस्ने राजनीतिज्ञले जनताको मनोविज्ञानलाई सकारात्मक दिशामा अगाडि बढाउन कसैको दबाब र धम्कीका आधारमा नभएर लोकतान्त्रिक मूल्यमान्यता र विगतका जनआन्दोलन तथा जनविद्रोहले दिएका म्यान्डेटका आधारमा संविधान कानुन र नीतिनियमहरू अगाडि बढाउनुपर्ने देखिन्छ ।