सांस्कृतिक राजनीति र समावेशी लोकतन्त्रः परिवर्तित सन्दर्भमा पश्चिम नेपालका थारूहरूको बरघर अभ्यास

Authors

  • सुरेश Suresh ढकाल Dhakal

DOI:

https://doi.org/10.3126/anweshan.v2i1.68603

Keywords:

सांस्कृतिक–राजनीति, प्रथाजनित संस्था, स्थानीय सरकार, समानुपातिक समावेशी लोकतन्त्र, बरघर ऐन

Abstract

नेपालमा पछिल्ला दशकहरूमा भएका राजनीतिक परिवर्तनले लोकतान्त्रिक गणतान्त्रिक संविधान र राज्यको पुनःसंरचना जस्ता दूरगामी प्रभाव पार्ने परिणामहरू मात्र दिएको छैन, तिनको प्रभाव नागरिकको दैनिक जीवन र सामाजिक गतिशीलतामा समेत पारेको छ । प्राथमिक सूचनामा आधारित यो लेख तिनै राजनैतिक उपलब्धिहरूको सामाजिक प्रभावहरूलाई व्यावहारिक तहमा बुझ्ने प्रयास हो । सांस्कृतिक जीवनको राजनीतिमा प्रभावका सम्बन्धमा पर्याप्त अध्ययन नभएको सन्दर्भमा यो लेखले सांस्कृतिक–राजनीतिको अवधारणाबाट समावेशी स्थानीय सरकारका लागि समकालीन राजनीति बुझ्ने प्रयास गरेको छ । राज्यको पुुनःसरचना, सङ्घीयता र स्थनीय सरकार पछिल्ला दशकका प्रमुख राजनीतिक उपलब्धि हुन्, जसले नेपाली समाजलाई अद्वितीय ढङ्गबाट प्रभावित गरेको सांस्कृतिक–राजनीतिछ । राज्यका सबै तह र प्रक्रियामा समावेशिताको सिद्धान्त संविधानप्रदत्त प्रावधान हो । यसै परिप्रेक्ष्यमा पश्चिम नेपालका थारूहरूको पहिचान र प्रथाजनित संस्था बरघर (मटावाँ, ख्याल, जुटैला/जुट्याल्हा) मार्फत जातीय पहिचानसहितको सांस्कृतिक–राजनीति र स्थानीय सरकारको सामाजिक समावेशिताको प्रयास यस लेखको मुख्य विषयवस्तुु हुन् ।

Abstract
270
PDF
147

Downloads

Published

2024-08-12

How to Cite

ढकाल Dhakal स. S. (2024). सांस्कृतिक राजनीति र समावेशी लोकतन्त्रः परिवर्तित सन्दर्भमा पश्चिम नेपालका थारूहरूको बरघर अभ्यास. Samaj Anweshan समाज अन्वेषण, 2(1), 179–192. https://doi.org/10.3126/anweshan.v2i1.68603

Issue

Section

Research Article