शून्यको मूल्यमा प्रतिबिम्बित समकालीन नेपाली समाजको चरित्र

Authors

  • बिन्दु Bindu शर्मा Sharma

DOI:

https://doi.org/10.3126/anweshan.v1i2.65504

Keywords:

अर्धसामन्ती, असमान विकास, गुजारामुखी अर्थतन्त्र, दलाल पुँजीवाद, माक्र्सवाद

Abstract

प्रस्तुत लेखमा नवराज केसीको आख्यानात्मक निबन्ध कृति शून्यको मूल्यमा प्रतिबिम्बित समकालीन नेपाली समाजको चरित्रको विशिष्टता खोजी गरिएको छ । यो अध्ययन गुणात्मक प्रकृतिको छ र यसमा समकालीन नेपाली समाजका कुन कुन वास्तविक शून्यको मूल्यमा अभिव्यञ्जित छन् र समाजको मूल्याङ्कनका निम्ति तिनको सान्दर्भिकता र प्रभावकारिता कसरी पुष्टि हुन्छ भन्ने प्रश्न समाधान गर्ने उद्देश्य रहेका छन् । यसका निम्ति कृतिमा प्रतिबिम्बित समकालीन नेपाली समाजको विश्लेषण गर्न पूर्व अध्ययनबाट एउटा अवधारणात्मक ढाँचा तयार पारिएको छ; जस अन्तर्गत गुजारामुखी मिश्रित अर्थतन्त्र, असमान विकास, शोषण, उत्पीडन र दमन, तथा माक्र्सवादको प्रभावका तथ्याङ्कहरूको आलोचनात्मक समीक्षा भएको छ । यसबाट समकालीन नेपाली समाज मूलतः अर्धसामन्ती र दलाल पुँजीवादी रहेको निष्कर्ष प्राप्त हुन आएको छ ।

Downloads

Download data is not yet available.
Abstract
34
PDF
12

Downloads

Published

2023-12-31

How to Cite

शर्मा Sharma ब. B. (2023). शून्यको मूल्यमा प्रतिबिम्बित समकालीन नेपाली समाजको चरित्र. Samaj Anweshan समाज अन्वेषण, 1(2), 129–140. https://doi.org/10.3126/anweshan.v1i2.65504

Issue

Section

Articles