मगर संस्कृतिको सामाजिक प्रकार्य

Authors

  • विष्णु कुमार Bishnu kumar सिङ्जाली Singjali

DOI:

https://doi.org/10.3126/anweshan.v1i2.65497

Keywords:

स्तरीकरण, संरचना, सुरक्षण, संस्कृति, प्रकार्य

Abstract

बहुभाषिक–बहुसांस्कृतिक नेपालमा मगरभाषा–संस्कृति पनि राज्यको एउटा सम्पदा हो ।ऐतिहासिक कालमा राज्यसत्ताको असमान व्यवहारबाट नेपाली समाजमा जुन प्रकारले वर्ग विभाजन,स्तरीकरण (स्ट्राटिफिकेसन) र विविधीकरण भए पनि त्यो परिस्थितिमा मगर संस्कृतिले मौलाउने उचित वातावरण प्राप्त गरेन । तर पनि मगर संस्कृति निमिट्यान्न भएन । यसले मगर समाजलाई अगाडि बढाइरह्यो । पछिल्लो समयमा व्यापक रूपमा मगर संस्कृतिमा बाह्य हस्तक्षेप बढेकाले समाजको संरचनामा पनि असर गर्यो । समाजका संरचनाका भागहरूले एकआपसमा काम गर्न सकेनन् । एकआपसमा समन्वयन गर्न सकेनन् । यसले गर्दा समाजमा विचलन आयो । सुकार्य गरिरहेको सामाजिक संरचनामा अकार्यहरू पनि देखियो । राज्यसत्ता, विकास जस्ता बाह्य प्रभावले गर्दा मगर संस्कृतिमा अकार्य (डिस्फङ्सन) बढ्यो । यसले गर्दा मगरसंस्कृतिको लोपोन्मुखता पनि बढ्दै गएको देखिन्छ । यस लेखमा यही सामाजिक संरचनात्मक र प्रकार्यात्मक समाजशास्त्रीय दृष्टिकोणमा रहेर मगरसंस्कृतिको सामाजिक प्रकार्यका बारेमा उल्लेख गर्ने प्रयास गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
32
PDF
28

Downloads

Published

2023-12-31

How to Cite

सिङ्जाली Singjali व. क. B. kumar. (2023). मगर संस्कृतिको सामाजिक प्रकार्य. Samaj Anweshan समाज अन्वेषण, 1(2), 109–118. https://doi.org/10.3126/anweshan.v1i2.65497

Issue

Section

Articles