किराती भाषाको समाजशास्त्र

Authors

  • तारामणि Taramani राई Rai

DOI:

https://doi.org/10.3126/anweshan.v1i2.65365

Keywords:

सोपान, भाषा, भाषाबिज्ञान, मुन्दुम, लैङ्गिकता

Abstract

भाषा र समाज एकअर्काबिच अन्र्तसम्बन्धित विषय हुन् । त्यसैले कुनै पनि भाषा समाज भन्दा परवा निरपेक्ष रहन सक्दैन । प्रस्तुत लेखमा किराती समाजमा किराती भाषामा कसरी प्रतिविम्बित भएर आएको छ भन्ने कुरालाई समाजशास्त्रीय दृष्टिकोणबाट विश्लेषण गर्ने प्रयत्न गरिएको छ । यसका साथै गुणात्मक ढाँचामा संरचित यस लेखमा प्राथमिक एवम् द्वितीयक स्रोतबाट सामग्री सङ्कलन गरेर वर्णनात्मक, व्याख्यात्मक एवम् तुलनात्मक ढङ्गले व्यवस्थापन गरिएको छ । नेपाली भाषामा जस्तो किराती भाषामा व्याकरणिक कोटिका आधारमा आदरार्थी देखा पर्दैनन् । किराती भाषामा आदरार्थीका आधारमा कुनै किसिमको सोपान (Hierarchy) वा तहगत संरचना रहेको पाइँदैन । केही भाषामा छिटफुट देखिए पनि ती भारोपेली भाषाको प्रभाव (Indospheric influence) का कारण हो । त्यसैगरी किराती भाषामा लैङ्गिक भेद रहेको पाइँदैन । त्यसैले स्त्री वा पुरुषका लागि किराती भाषामा छुट्टाछुट्टै लैङ्गिक वाक्य संरचना हुँदैन । यसले के प्रस्ट पार्छ भने किराती समाजमा भाषाकै कारणले विभेद देखिँदैन । अझ महिलाहरूलाई किराती मुन्दुममा उच्च स्थानमा राखिएको हुन्छ ।

Downloads

Download data is not yet available.
Abstract
402
PDF
111

Downloads

Published

2023-12-31

How to Cite

राई Rai त. T. (2023). किराती भाषाको समाजशास्त्र. Samaj Anweshan समाज अन्वेषण, 1(2), 17–25. https://doi.org/10.3126/anweshan.v1i2.65365

Issue

Section

Articles