अर्थतन्त्रको सामाजिक र राजनीतिक प्रभाव

Authors

  • प्रकाश Prakash थापामगर Thapamagar

DOI:

https://doi.org/10.3126/anweshan.v1i2.65360

Keywords:

विप्रेषण, आधुनिकीकरण, औद्योगिकीकरण, अर्थराजनीति

Abstract

समाज अर्थतन्त्रकै अभिव्यक्ति हो । अर्थतन्त्र जुन प्रकारको छ, समाज पनि त्यही प्रकारले सबल वा निर्बल हुन्छ । त्यही सीमाभित्र रहेर अर्थतन्त्रका सामाजिक र राजनीतिक प्रभाव अभिव्यक्त हुन्छन् । प्रस्तुत लेखमा नेपालको वर्तमान अर्थतन्त्रलाई आधार बनाएर त्यसको सामाजिक र राजनीतिक प्रभावबारे चर्चा गरिएको छ । यस लेखको सार हाम्रो देशको वर्तमान अर्थतन्त्र कमजोर मात्रै होइन, परनिर्भर समेत रहेकाले त्यसको प्रतिबिम्ब सामाजिक र राजनीतिक क्षेत्रमा देखा परेको पुष्टि गर्नु हो । त्यस क्रममा  सामाजिक प्रभाव र राजनीतिक प्रभावबारे सङ्क्षेपमा तथ्य विचार गरिएको छ । अमूर्त प्रकारले भन्दा पनि अर्थतन्त्रका प्रतिनिधिमूलक तथ्याङ्क प्रस्तुत गरेर त्यस आधारमा सामाजिक र राजनीतिक अवस्था सम्बन्धी निष्कर्ष खोज्ने प्रयास गरिएको छ । त्यस क्रममासम्बन्धित क्षेत्रका आधिकारिक तथ्याङ्क प्रस्तुत गरिएको छ । यो अध्ययन वर्तमान सामाजिक विकृतिको आधार अर्थतन्त्रको कमजोर र परनिर्भर अवस्था नै हो भन्ने निष्कर्ष निकाल्न गरिएको हो । अध्ययनबाट त्यो लक्ष्य प्राप्त भएको छ । अर्थतन्त्र दुर्बलवा परनिर्भर भएकै कारण त्यसको प्रतिबिम्ब स्वरूप सामाजिक समस्या उत्पन्न भएका छन् । त्यही समाजबाट राजनीतिक नेतृत्व आएकाले आर्थिक र सामाजिक समस्या समाधान हुन सकिरहेको छैन l

Downloads

Download data is not yet available.
Abstract
67
PDF
82

Downloads

Published

2023-12-31

How to Cite

थापामगर Thapamagar प. P. (2023). अर्थतन्त्रको सामाजिक र राजनीतिक प्रभाव. Samaj Anweshan समाज अन्वेषण, 1(2), 7–16. https://doi.org/10.3126/anweshan.v1i2.65360

Issue

Section

Articles