संगीत प्रस्तुतिमा ताल र रसबिचको अन्योन्याश्रित सम्बन्ध {The Interdependent Relationship between Rhythm and Rhythm in Musical Performance}

Authors

  • परशुरामप्रसाद Parashuramprasad पौडेल Poudel Lalitkala Campus, Bhotahity, Tribhuvan University

DOI:

https://doi.org/10.3126/amrj.v3i1.55889

Keywords:

रसोस्वादन, सौन्दर्य, आनन्दानुभूति, ताल, रस, भाव, संगीत

Abstract

ताल संगीतको मेरुदण्ड हो । संगीत प्रस्तुतिको मुख्य ध्येय रस उत्पत्ति मार्फत दर्शक श्रोताहरुको मनलाई आनन्दित गराउनु हो । तसर्थ ताल र रस बिचको सम्बन्धलाई स्थापित गर्दै अझ प्रष्ट र सुदृढ पार्ने उद्देश्यका साथ यस अध्ययनलाई अगाडि बढाईएको छ । संगीत र रसको सम्बन्धमा धेरै लेखिएको पाइएको छ तर ताल र रसको सम्बन्धमा ज्यादै नै कम अनुसनन्धान भएकोले पनि यो लेख संगीतसंग सम्बन्धित सबैका लागि एक महत्वपुर्ण अध्ययन साबित हुनेछ । यसका लागि बिषेशतः संगीत, ताल र रससंग सम्बन्धित पुर्व लेख, पुस्तक, प्राचिनग्रन्थहरुको अध्ययन गरिएको छ भने अन्य श्रब्य दृष्य सामग्रीहरुको पुनरावलोकन लगायत बिज्ञहरुको धारणाहरुलाई समावेश गर्दै संकलित सामग्रीहरुलाई ब्याख्यात्मक बिधिद्वारा छलफल गरि संगीतमा ताल र रसबिच अन्योन्याश्रित सम्बन्ध रहेको तथ्य निचोडमा उल्लेख गरिएको छ । तसर्थ, ताल र रसबिचको अन्योन्याश्रित सम्बन्धलाई थप प्रष्ट पार्न संगीतद्वारा रसको उत्पत्ति, संगीत र रसको सम्वन्ध र त्यसको शारिरीक, मानसिक प्रभावलाई आधार मानेर ताल र रसको सम्वन्धमा प्रकाश पार्ने जमर्को यस लेखमा गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
33
PDF
77

Author Biography

परशुरामप्रसाद Parashuramprasad पौडेल Poudel, Lalitkala Campus, Bhotahity, Tribhuvan University

Lecturer

Downloads

Published

2022-12-31

How to Cite

पौडेल Poudel प. P. (2022). संगीत प्रस्तुतिमा ताल र रसबिचको अन्योन्याश्रित सम्बन्ध {The Interdependent Relationship between Rhythm and Rhythm in Musical Performance}. AMC Multidisciplinary Research Journal, 3(1), 69–75. https://doi.org/10.3126/amrj.v3i1.55889

Issue

Section

Articles