बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन {Linguistic Testing and Assessment in the Multilingual Classroom}

Authors

  • गणेशबहादुर Ganeshbahadur बोहरा Bohara शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

DOI:

https://doi.org/10.3126/amrj.v3i1.55886

Keywords:

निराकरणात्मक शिक्षण, भाषिक परीक्षण,, परीक्षणका सिद्धान्त, मूल्याङ्कनका उपाय

Abstract

प्रस्तुत लेख बहुभाषिक कक्षामा भाषिक परीक्षण र मूल्याङ्कनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुरामा केन्द्रित रहेको छ । दुईभन्दा बढी भाषा बोल्ने विद्यार्थीको उपस्थिति भएको कक्षाकोठा बहुभाषिक कक्षा हो । बहुभाषाको प्रयोगले शिक्षण सिकाइमा सहजता हुनुका साथै सिकारुको सिकाइ दर पनि बढ्ने हुनाले वर्तमान समयमा बहुभाषी शिक्षणको प्रचलन बढ्दै गएको पाइन्छ । बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन सम्पन्न गर्नका लागि पाठ्यक्रमका उद्देश्य, परीक्षणीय विषय, भाषिक सिपको छनोट, भाषिक एक निष्ठता, योजनाबद्ध परीक्षण, विश्वसनीयता र वैधता आदि कुरामा ध्यान दिनुपर्ने हुन्छ । बहुभाषिक कक्षामा परीक्षण तथा मूल्याङ्कन सम्पन्न गर्नका लागि लिखित, मौखिक, अवलोकन तथा प्रयोगात्मक आदि धेरै युक्तिहरूको प्रयोग गर्नु आवश्यक हुन्छ । बहुभाषिक कक्षामा शिक्षकले परीक्षण र मूल्याङ्कनलाई व्यवस्थित बनाउन विद्यार्थीका कक्षाकार्य, गृहकार्य, परीक्षा, उत्तरपुस्तिका आदिलाई समेटी पोर्टफोलियो निर्माण गर्ने र त्यसलाई भाषा सिकाइका क्रममा उपयोग गर्ने कार्य गर्नुपर्दछ । त्यस्तै परीक्षणमा कमजोर देखिएका विद्यार्थीलाई निराकरणमूलक, प्रोत्साहनमूलक र सवलीकरणयुक्त कार्यहरू गरेर पुनः परीक्षणका लागि तयार गर्ने, निरन्तर प्रेरणा, हौसला, मार्गदर्शन र परामर्श सेवा प्रदान गर्ने आदि कार्य गरी वहुभाषिक कक्षाका विद्यार्थीहरूको उपलब्धि स्तर बढाउन सकिने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
44
PDF
224

Downloads

Published

2022-12-31

How to Cite

बोहरा Bohara ग. G. (2022). बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन {Linguistic Testing and Assessment in the Multilingual Classroom}. AMC Multidisciplinary Research Journal, 3(1), 46–52. https://doi.org/10.3126/amrj.v3i1.55886

Issue

Section

Articles