खस मातृभाषी विद्यार्थीले नेपाली भाषा सिकाइमा गरेका त्रुटिको विश्लेषण
DOI:
https://doi.org/10.3126/amcj.v5i1.75974Keywords:
त्रुटिविश्लेषण, निराकरण, भाषान्तरिक, भाषा सिकाइ, व्याकरणिक कोटिAbstract
सिकारुले भाषा सिकाइका क्रममा विभिन्न त्रुटि गर्दछन् । त्रुटि भाषाका चारओटै सिप सुनाइ, बोलाइ, पढाइ र लेखाइमा हुन्छन् । त्रुटि मातृभाषामा मात्र होइन, दोस्रो वा अन्य भाषा सिकाइका क्रममा पनि हुन्छन् । सिकारुले कुन प्रकृतिका त्रुटि गर्दछन् ? ती त्रुटि के कारणले वा कसरी हुन्छन् ? तिनीहरूको निराकरणका उपाय के–के हुन् भनी अध्ययन विश्लेषण गर्ने पद्धतिलाई त्रुटिविश्लेषण भनिन्छ । त्रुटिको अध्ययनबाट ज्ञानको स्तर र सिक्न बाँकी रहेका कुरा पत्ता लगाउन सकिन्छ । सिकारुले गरेका त्रुटि सङ्कलन, वर्गीकरण, व्याख्या र वर्णन गरी सिकाइमा रहेका खास–खास समस्याका आधारमा समाधान निकाल्न सकिन्छ । प्रस्तुत लेख खस मातृभाषी विद्यार्थीले नेपाली उच्चारण र लेखाइमा गर्ने त्रुटिको अध्ययनमा केन्द्रित छ । यसको मुख्य उद्देश्य खस मातृभाषी विद्यार्थीले नेपाली उच्चारण र लेखाइमा गर्ने त्रुटि पत्ता लगाउनु रहेको छ । तथ्याङ्क सङ्कलन गर्दा अन्तर्वार्ता, मौखिक उच्चारण तथा लिखित प्रश्नहरूको उत्तर लेख्न लगाइएको छ । विद्यार्थीहरूलाई शीर्षक दिएर लिखित रूपमा निबन्ध लेख्न लगाउनुको साथै स्वतन्त्र रूपमा वक्तृता र संवाद गराइएको छ । खस मातृभाषाका बारेमा पूर्वप्रकाशित पुस्तक, लेख र पत्रपत्रिकाको समीक्षा गरिएको छ । तथ्याङ्क विश्लेषण गर्दा वर्णनात्मक, तुलनात्मक र विश्लेषणात्मक विधि प्रयोग गरिएको छ । व्याख्या विश्लेषणको मूल आधार पाठविश्लेषण पद्धतिलाई बनाइएको छ । आफ्नो मातृभाषा भाषीहरूको अर्को भाषाप्रतिको अस्वीकृत रूप नै त्रुटिको मुख्य कारण हो । त्रुटि भनेको सामान्य स्वीकृत भाषाको रूपबाट पर जानु वा विचलन हुनु हो । यस लेखमा विषय परिचय, त्रुटिविश्लेषणको सैद्धान्तिक पर्याधार, अनुसन्धानको समस्या, उद्देश्य, विधि र प्रक्रिया, खस मातृभाषी विद्यार्थीका नेपाली भाषाको उच्चारण र लेखाइगत त्रुटिको विश्लेषण गरी अन्त्यमा निष्कर्ष प्रस्तुत गरिएको छ । खस मातृभाषी विद्यार्थीलाई नेपाली उच्चारण र लेखाइमा निकै कठिनाइ भएको, शब्दभण्डार, शब्दोच्चारणका तरिका र लबज भिन्न भएकाले नेपाली भाषाका सुनाइ, बोलाइ, पढाइ तथा लेखाइमा त्रुटि हुने गरेको निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Research Management Cell (RMC), Adarsha Multiple Campus, Gajuri 1, Dhading, Nepal