आलोचनात्मक शिक्षण कार्यान्वयनका सन्दर्भमा शिक्षकको अनुभूति तथा धारणाहरू
DOI:
https://doi.org/10.3126/amcj.v5i1.75969Keywords:
असमानता, आलोचनात्मक शिक्षण, विवेकीकरण, शिक्षक केन्द्रित शिक्षण, सामाजिक रूपान्तरण, सिकारु केन्द्रित शिक्षणAbstract
शिक्षक केन्द्रित शिक्षण विधिले विद्यार्थीहरूले पाठ्यक्रमको विषयवस्तु जस्ताको त्यस्तै ग्रहण गरी पुनःउत्पादन गर्नुपर्ने कुरामा जोड दिन्छ । यसले विषयवस्तु र शिक्षकलाई केन्द्रमा राख्दछ । यद्यपि सिकारु केन्द्रित शिक्षण विधिले विषयवस्तुभन्दा पनि सिकाइ कसरी प्रभावकारी हुन्छ भन्ने कुरामा जोड दिन्छ र सिकारुलाई केन्द्रबिन्दु मान्दछ तर आलोचनात्मक शिक्षणले समाजको रूपान्तरणलाई केन्द्रबिन्दु मान्छ । यसले सिकारु केन्द्रित शिक्षण विधिलाई नै आधार मानेको हुन्छ तर यसको मुख्य उद्देश्य सामाजिक न्याय स्थापना गरी समाज रूपान्तरण गर्नु हो । यसर्थ आलोचनात्मक शिक्षणले समाजमा रहेको असमानतालाई हटाउन समाजलाई रूपान्तरण गर्ने लक्ष्य राखेको हुन्छ । यस अध्ययनको मुख्य उद्देश्य आलोचनात्मक शिक्षण विधिबाट बालबालिकाहरूलाई शिक्षण गरी उनीहरूको व्यवहार र सिकाइ प्रक्रियामा रूपान्तरण गर्नु हो । यस अध्ययनमा कैलाली जिल्लामा सञ्चालित गैरसरकारी परियोजनामा आपूm कार्यरत रहँदा बालबालिकाहरूलाई आलोचनात्मक शिक्षण विधि प्रयोग गरी शिक्षण गर्दा सामना गर्नुपरेको चुनौती र जिज्ञासाहरूलाई कथाका रूपमा प्रस्तुत गरिएको छ । यसका साथै आलोचनात्मक शिक्षणको कार्यान्वयनका अनुभव, धारणा र सुझाव पनि प्रस्तुत गरिएको छ । यस अध्ययनमा कथा विधि (Narrative Inquiry) को प्रयोग गरिएको छ र मैले उक्त मेरो कथाका बारेमा आफ्ना दुई जना सहकर्मीहरूसँग संवाद (Dialogue) गरी त्यसका बारेमा आलोचनात्मक विश्लेषण पनि गरेको छु । यस अध्ययनले नेपालजस्तो गरिब मुलुकमा थुप्रै आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक विभेद र असन्तुलनहरू भएकाले नेपालको विद्यालय तहका विभिन्न विषयहरूमा विभिन्न विषयवस्तुहरू शिक्षणका लागि आलोचनात्मक शिक्षण प्रभावकारी विधि बन्न सक्छ र यस विधिबाट नेपाली समाजलाई रूपान्तरण गर्न सकिन्छ भन्ने कुरा देखाएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Research Management Cell (RMC), Adarsha Multiple Campus, Gajuri 1, Dhading, Nepal