आधारभूत तह (कक्षा १-३) मा नेपाली पठन सिप विकासका प्रभावकहरू

Authors

  • रमेश भट्टराई जनज्योति बहुमुखी क्याम्पस सर्लाहीका शिक्षाशास्त्र सङ्काय तथा अनुसन्धान व्यवस्थापन एकाइ प्रमुख

DOI:

https://doi.org/10.3126/amcj.v4i1.63867

Keywords:

पठनतत्त्व, पठनबोध, बालमनोविज्ञान, बालविकास, सर्वाङ्गीण विकास, साक्षरता

Abstract

प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले सम्पूर्ण सिकाइको जगका रूपमा पठन सिपको महत्त्वलाई निर्देश गरेको छ । बालबालिका नै सिकाइ र शिक्षाको गुणस्तर निर्धारणका मूल आधार हुन् । तिनको शैक्षिक गुणस्तरलाई जन्मपूर्व आमाको कोखमा रहँदा पाएको वातावरणदेखि आमाको कोखबाहिर आएपछि पाएको वातावरणले प्रभाव पारेको हुन्छ। सन्तुलित साक्षरता र पठनबोध दक्षताको अभिवृद्धिका लागि बालस्वास्थ्य, बालसुरक्षा र उसले पाएको अवसरका साथै जैविकीय प्रभावले समेत काम गरेको हुन्छ । यसर्थ प्रस्तुत अध्ययन आधारभूत तह (कक्षा १-३) को नेपाली पठन सिप विकासका प्रभावकहरूको खोजीमा केन्द्रित छ । यो अध्ययन गुणात्मक अनुसन्धान विधिमा आधारित छ । यसमा प्राथमिक स्रोत सामग्रीका रूपमा सर्लाही जिल्लाको एउटा सामुदायिक विद्यालयलाई छनोट गरी कक्षा १, २ र ३ को अवलोकन तथा कुराकानीलाई समेत टिपोट गरिएको छ । उक्त कक्षामा अध्यापनरत दुई जना शिक्षिकासँग लिइएको अन्तर्वार्तालाई पठन कार्यकलाप सम्बद्ध सन्दर्भमा उपयोग गरिएको छ भने थप चार जना शिक्षकसँगको अनौपचारिक कुराकानीको टिपोटलाई सन्दर्भगत पुस्ट्याइँका लागि उपयोग गरिएको छ। द्वितीयक स्रोत सामग्रीका रूपमा नेपाल सरकारका दस्तावेजलगायतका अन्य शोधपरक सामग्रीलाई उपयोग गरिएको छ । अध्ययनबाट जैविक तथा मनोवैज्ञानिक प्रभावअन्तर्गत बालमस्तिष्कीय प्रभावले पठन सिप विकासमा आन्तरिक तवरले प्रभाव पार्ने देखियो । त्यस्तै विद्यालय र समुदायले दिएको परिवेशले पठन सिप विकासमा वाह्य रूपमा प्रभाव पारेको देखियो । यसर्थ बालपठन सिप विकासमा यिनै आन्तरिक र बाह्य कारकहरूको प्रभाव रहने निष्कर्ष प्राप्त भयो ।

Downloads

Download data is not yet available.
Abstract
61
PDF
23

Downloads

Published

2023-12-31

How to Cite

भट्टराई र. (2023). आधारभूत तह (कक्षा १-३) मा नेपाली पठन सिप विकासका प्रभावकहरू. AMC Journal, 4(1), 169–179. https://doi.org/10.3126/amcj.v4i1.63867

Issue

Section

Articles