'सेतो धरती' उपन्यासमा भाषिक विचलन

Authors

  • मुक्तिकला लामिछाने आदर्श बहुमुखी क्याम्पसकी क्याम्पस प्रमुख

DOI:

https://doi.org/10.3126/amcj.v4i1.63866

Keywords:

भाषिका विचलन, समानान्तरता, पदक्रम विचलन, अग्रभूमिनिर्माण, अर्थतात्विक विचलन

Abstract

यो लेख अमर न्यौपानेद्वारा लिखित 'सेतो धरती' उपन्यासमा प्रयुक्त अग्रभूमिनिर्माण अन्तर्गत रहेर भाषिक विचलनमा आधारित छ । अग्रभूमिनिर्माणका प्रमुख उपकरण समानान्तरता र विचलन मध्ये यहाँ विचलनको परिचय दिई सेतो धरती उपन्यासमा रहेको भाषिक विचलनको विश्लेषण गर्नु यस लेखको प्रमुख उद्देश्य हो । पुस्तकालयीय अध्ययन विधिबाट तथ्य सङ्कलन गरी सेतो धरती उपन्यासलाई प्राथमिक स्रोत तथा सैद्धान्तिक पुस्तकहरूलाई द्वितीयक स्रोतका रूपमा लिइएको यस लेखमा वर्णनात्मक विधिको उपयोग भएको छ । विश्लेष्य उपन्यासमा मानक व्याकरणका मान्यतामा सीमित नबनी साहित्यिक कृतिलाई कलात्मक र सार्थक तुल्याउन शैलीविज्ञानमा स्थापित अग्रभूमि निर्माणका समानान्तर र विचलनअन्तर्गत विचलनको यथोचित उपयोग गरिएको पाइयो । उपन्यासमा प्रयुक्त भाषा पात्रानुकूल नै पाइन्छ । विश्लेष्य उपन्यासमा भाषिका, ध्वनि प्रक्रियात्मक, अर्थतात्विक, व्याकरणिक, पदक्रम र आदर विचलन मध्ये भाषिक विचलन अधिक रहेछ भन्ने देखियो जसले उपन्यास थप कलात्मक बनेको छ । साहित्यको समालोचनामा भाषिक विचलनको यो विश्लेषण एउटा नवीन आयाम हुन सक्ने अपेक्षा गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
62
PDF
36

Downloads

Published

2023-12-31

How to Cite

लामिछाने म. (2023). ’सेतो धरती’ उपन्यासमा भाषिक विचलन. AMC Journal, 4(1), 157–168. https://doi.org/10.3126/amcj.v4i1.63866

Issue

Section

Articles