लक्ष्मीप्रसाद देवकोटाका आख्यानमा मनोविश्लेषण

Authors

  • रजनी ढकाल नेपाली केन्द्रीय विभाग, त्रि.वि.मा प्राध्यापन गर्नुहुन्छ

DOI:

https://doi.org/10.3126/amcj.v4i1.63837

Keywords:

नारीस्वतन्त्रताको मनोविज्ञान, पागलपनको अभिव्यक्ति, बालमनोविज्ञान, यौनमनोविज्ञान, लकानेली कल्पनाशीलता

Abstract

प्रस्तुत लेख नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाका कथा र उपन्यासमा चित्रित मनोविश्लेषणको अध्ययनमा केन्द्रित छ । देवकोटाका तेह्रवटा कथाहरूको संगालो लक्ष्मी कथासङ्ग्रह र चम्पा उपन्यासमा पात्रका अन्तरमनका फरक तहको चित्रण भएको पाइएकाले ती आख्यानहरूमा रहेका पात्रको मनस्थितिको विश्लेषण यस लेखमा गरिएको छ । मनोविश्लेषणको सैद्धान्तिक आधार निर्माण गरी पाठपरक विश्लेषण विधिमा लेखिएको यस लेखमा कथा र उपन्यासका पात्रको मनोविश्लेषणका लागि यौनमनोविज्ञानको अभिव्यक्ति, बालमनोविज्ञानको चित्रण, नारीस्वतन्त्रताको मनोविज्ञान, मानसिक चोट र पागलपनको अभिव्यक्ति तथा लकानेली कल्पनाशीलतालाई आधार बनाइएको छ । लक्ष्मीप्रसाद देवकोटाका आख्यानमा पात्रको मनोविज्ञानलाई सूक्ष्म रूपमा केलाई समाजको अवस्थालाई बोध गराउन सफल रहेका र उनका आख्यानका पात्रहरू समाजको परम्परित सोचका विरुद्ध सचेत भएका, सामाजिक न्याय र वैयक्तिक स्वतन्त्रताप्रति जागरुक भएका देखिन्छन् । देवकोटाका आख्यानका पात्रहरू विभिन्न परिस्थितिका कारण आइपरेका असामान्य अवस्थाबाट चोटपूर्ण बन्न पुगेका छन् । त्यसैले प्रस्तुत अध्ययनमा लक्ष्मीप्रसाद देवकोटा समाजका वास्तविकतासँग जोडिएका आख्यानमा पात्रको मनस्थितिको सूक्ष्म चित्रण गर्न सफल आख्यानकार बनेको निष्कर्ष निकालिएको छ । उनका आख्यानले नारी, बाल, अभिघातीत पात्रका मनस्थिति, यौनचाहनाले विक्षिप्त पात्रका मनस्थिति केलाई समाजको वास्तविकताको उजागर गरेका छन् ।

Downloads

Download data is not yet available.
Abstract
12
PDF
8

Downloads

Published

2023-12-31

How to Cite

ढकाल र. (2023). लक्ष्मीप्रसाद देवकोटाका आख्यानमा मनोविश्लेषण. AMC Journal, 4(1), 107–123. https://doi.org/10.3126/amcj.v4i1.63837

Issue

Section

Articles