नेपाली भाषा कक्षामा सिकाइ सहजीकरणसम्बन्धी अभिमत {Learning Nepali language in class Opinions on facilitation}

Authors

  • विष्णुप्रसाद Bishnuprasad शर्मा Sharma पृथ्वीनारायण क्याम्पस पोखरा Prithivi Narayan Campus, TU Pokhara

DOI:

https://doi.org/10.3126/amcj.v3i1.45454

Keywords:

सिकाइ सहजीकरण Sikai Sahajikaran, सहभागितामूलक sahabhagitamulak, भाषा शिक्षण BHsha shikshan, अन्तरक्रिया Antarkriya, भाषा कक्षा BHasha kakshya

Abstract

प्रस्तुत अनुसन्धानमूलक लेख नेपाली भाषाको सिकाइ सहजीकरणका क्षेत्रमा केन्द्रित छ ।माध्यमिक तहको नेपाली भाषा कक्षामा सिकाइ सहजीकरणको परम्परा र प्रवृत्तिका सम्बन्धमा शिक्षकहरूको अभिमत के कस्तो छ भन्ने प्राज्ञिक जिज्ञासाको खोजी गर्नु यस अनुसन्धानको उद्देश्य हो । यसका लागि अनुसन्धानमा गुणात्मक ढाँचा, व्याख्यावादी दर्शन, घटना अनुभवपद्धति र निर्माणवादी सिद्धान्तको आधार लिइएको छ । सोद्देश्यमूलक नमुना छनोट विधिमाआधारित भएर लामो समय नेपाली भाषा शिक्षण गरेका सातजना भाषा शिक्षकसँग पुगी गहनअन्तर्वार्ता उपकरणका माध्यमबाट तथ्याङ्क सङ्कलन गरिएको छ । सङ्कलित तथ्याङ्कबाट विभिन्न थिम वा आशय निर्माण गरी प्राज्ञिक जिज्ञासा र दाबीका आधारमा साक्ष्य र तर्कलाई लम्बीय र क्षितिजीय रूपमा प्रस्तुत गरेर निष्कर्षमा पुगिएको छ । अनुसन्धानबाट वि.सं. २०२८पूर्वको भन्दा पछिको नेपाली भाषा सिकाइ सहजीकरण प्रक्रिया क्रमशः वैज्ञानिक, प्रयोजनपरक र सिपकेन्द्रित हँदै आएको पाइएको छ । वि.सं. २०२८ पूर्व कहीँ, कतैमात्र प्रयोग गरिने शिक्षण सामग्रीको उपयोग, शिक्षण विधि र मूल्याङ्कन, सिकारुमैत्री शिक्षण, सहयोगात्मकसिकाइ, उत्प्रेरणा, पृष्ठपोषणजस्ता सिकाइ सहजीकरणका आधारभूत पक्षमा वि.सं. २०२८पछि विशेष ध्यान पुगेको पाइन्छ । वि.सं. २०७१ को माध्यमिक नेपाली पाठ्यक्रमसँगै नेपालीभाषा कक्षामा सिकाइ सहजीकरण प्रक्रियालाई थप प्रायोगिक, व्यवस्थित, अन्तक्र्रियात्मकर भाषा शिक्षणको मर्म अनुकूल बनाउन खोजिएको देखिन्छ । वि.सं. २०२८ अघि र पछिमूलतः शिक्षक केन्द्रित शिक्षण विधिमा आधारित नेपाली शिक्षण क्रमशः विद्यार्थीमैत्री सिकाइ सहजीकरणको उपयोगतर्प नेपाली भाषा शिक्षण केन्द्रित हुँदै आएको पाइन्छ । नेपाली भाषा सिकाइ सहजीकरणको परम्परा र प्रवृत्तिका विषयमा सम्बन्धित शिक्षकहरूको अभिमतबारे रुचिराख्नेहरूका लागि प्रस्तुत अनुसन्धान उपयोगी हुने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
171
PDF
133

Author Biography

विष्णुप्रसाद Bishnuprasad शर्मा Sharma, पृथ्वीनारायण क्याम्पस पोखरा Prithivi Narayan Campus, TU Pokhara

 नेपाली शिक्षाका उप–प्राध्यापक Assistant Professor, Nepali

Downloads

Published

2022-08-23

How to Cite

शर्मा Sharma व. B. (2022). नेपाली भाषा कक्षामा सिकाइ सहजीकरणसम्बन्धी अभिमत {Learning Nepali language in class Opinions on facilitation}. AMC Journal, 3(1), 44–60. https://doi.org/10.3126/amcj.v3i1.45454

Issue

Section

Articles