स्नातक तहको शिक्षण अभ्यासप्रति सम्बन्धित छात्रशिक्षकहरूको दृष्टिकोण Snatak Tahako Shikshan Abhyasprati Sambandhit Chhatrashikshakharuko Drishtikon

Authors

  • कृष्णप्रसाद Krishnaprasad पोखरेल Pokhrel मध्यविन्दु बहुमुखी क्याम्पस, कावासोती, नवलपरासी Madhyabindu Multiple Campus, Kawasoti Nawalparasi

DOI:

https://doi.org/10.3126/amcj.v1i1.33425

Keywords:

छात्रशिक्षक Chhatrashikshak, दृष्टिकोण Drishtikon, शिक्षण अभ्यास पाठ्यांश Shikshan Abhyas pathyamsha, स्नातक तह snatak taha

Abstract

प्रस्तुत लेख स्नातक तहको शिक्षण अभ्यास पाठ्यांश (४४०) प्रति सम्बन्धित छात्रशिक्षकहरूद्वाराव्यक्त दृष्टिकोणसँग सम्बन्धित रहेको छ । प्रस्तुत लेखमा त्रिभुवन विश्वविद्यालयद्वारा स्नातक तहकोशिक्षाशास्त्र सङ्कायअन्तर्गत चौथो वर्षका लागि तयार पारिएको शिक्षण अभ्यास पाठ्यांशको सम्बन्धमासोधिएका प्रश्नहरूप्रति छात्रशिक्षकहरूद्वारा व्यक्त दृष्टिकोण के कस्तो रहेको छ भनी अध्ययन विश्लेषणगरिएको छ । अतः स्नातक तहको शिक्षण अभ्यास पाठ्यांशप्रति छात्रशिक्षकहरूका दृष्टिकोण पत्तालगाउनु तथा छात्रशिक्षकहरूद्वारा व्यक्त दृष्टिकोणको विश्लेषण गर्नु प्रस्तुत लेखको उद्देश्य रहेकोछ । प्रस्तुत लेखमा मूलतः सर्वेक्षण विधिबाट सामग्री सङ्कलन गरिएको छ । यस अध्ययनमाआवश्यकताअनुसार पुस्तकालयीय विधि तथा मिश्रित अनुसन्धान ढाँचाको अवलम्बन गरिएको छ ।लेख तयारीका लागि प्राथमिक र द्वितीय दुवै स्रोतबाट सामग्री सङ्कलन गरिएको छ । निर्दिष्ट पाठ्यांशपरिमार्जित र परिवर्तित पाठ्यांश हो । यसलाई प्रथम पटक २०७५÷०७६ को शैक्षिक सत्रदेखिकार्यान्वयनमा ल्याइएको हो । यसरी प्रथम पटक प्रयोगमा ल्याउने सन्दर्भमा यसमा पहिलो समूह (फस्टब्याच) का रूपमा संलग्न भएका छात्रशिक्षक÷विद्यार्थीहरूका दृष्टिकोण बुझ्न विकल्पसहितका आठओटा बन्द र दुई ओटा खुला गरी जम्मा दश फरक–फरक प्रकृतिका प्रश्नहरू निर्माण गरिएका छन् ।उक्त प्रश्नहरूप्रति सम्बन्धित छात्रशिक्षकहरूको दृष्टिकोण व्यक्त गर्न लगाइएको छ । यस क्रममा प्राप्त तथ्याङ्कहरूलाई प्रतिशतमा लगी सूक्ष्म रूपमा त्यसको समीक्षण गरिएको छ । यसमा रहेका सबलपक्ष र सुधारात्मक पक्षहरूलाई निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
347
pdf
1675

Downloads

Published

2020-12-16

How to Cite

पोखरेल Pokhrel क. K. (2020). स्नातक तहको शिक्षण अभ्यासप्रति सम्बन्धित छात्रशिक्षकहरूको दृष्टिकोण Snatak Tahako Shikshan Abhyasprati Sambandhit Chhatrashikshakharuko Drishtikon. AMC Journal, 1(1), 98–107. https://doi.org/10.3126/amcj.v1i1.33425

Issue

Section

Articles