नेपाली लोकसाहित्यसँग लघुतम पद्य हाइकुको सम्बन्ध Nepali Lok Sahityasanga Laghuttam Paddya Haikuko Sambandha

Authors

  • रमेश Ramesh भट्टराई Bhattarai ग्राजुएट स्कुल अफ एजुकेसन, त्रि.वि. Graduate School of management, TU

DOI:

https://doi.org/10.3126/amcj.v1i1.33391

Keywords:

कौरा kaura, ख्याली Khyali, चुड्का Chudka, ताङ्का tangka, रोइला Roila, सेलो Selo, हाइकाइ haikai, होक्कु Hokku

Abstract

साहित्यका कविता, आख्यान, नाटक र निबन्ध विधामध्ये हाइकु कवितात्मक विधाअन्तर्गत पर्दछ ।५–७–५ को अक्षर संरचनामा रहेर एउटा ऋतुबोधक शब्द पर्ने गरी लेखिने हाइकु कविता गजल, मुक्तक,सेलो, सवाईभन्दा छोटो भएको पाइन्छ । औपचारिक रूपमा जापानबाट विकसित भएको यस विधाकाकेही सूक्ष्म गुण प्राचीन नेपाली समाजमा विकसित लोकसाहित्यका विविध पद्य विधा, लोकगीत,बालगीतमा पनि पाउन सकिन्छ । अलिकति बिम्ब मिसिएर थोरैमा धेरै भन्न सकिने गुण भएकोहाइकुका बारेमा यहाँ संरचनागत विश्लेषण गरिएको छ । नेपालमा हाइकुको विकासक्रम, विद्वान्हरूलेहाइकुका बारेमा राखेका धारणा तथा अनुवादित हाइकुका केही उदाहरणलाई यहाँ समावेश गरिएकोछ । आजको व्यस्त समाजमा साहित्यप्रति झुकाव भएर पनि छोटो समयमा साहित्यको आनन्द लिनेचाहनालाई हाइकु जस्ता सूक्ष्म संरचना भएका विधाले सहयोग पु¥याउँछन् । छोटो समयमा व्यापकविचारको सूत्रात्मक प्रस्तुति दिन सक्ने गुण भएकैले वर्तमानका साहित्यप्रेमीहरू सामाजिक सञ्जालमाहाइकुलाई प्रस्तुत गर्ने गर्दछन् । मूलतः पुस्तकालयीय अध्ययनबाट गुणात्मक विश्लेषण विधिलाई प्रयोगगरेर यो अध्ययनलाई सम्पन्न गरिएको छ । हाइकु संरचनाका आधार, रचना शैली, प्रकार र नेपालमायसको प्रभावका आधारमा यसभित्र प्रयोग गरिने भाषाशैलीलाई हेर्दा विद्यालय तहदेखि उच्च शिक्षाकापाठ्यक्रममा यस विधालाई स्थान दिइनु सान्दर्भिक देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
316
pdf
921

Author Biography

रमेश Ramesh भट्टराई Bhattarai, ग्राजुएट स्कुल अफ एजुकेसन, त्रि.वि. Graduate School of management, TU

विद्यावारिधि शोधार्थी PhD. Holder

Downloads

Published

2020-12-14

How to Cite

भट्टराई Bhattarai र. R. (2020). नेपाली लोकसाहित्यसँग लघुतम पद्य हाइकुको सम्बन्ध Nepali Lok Sahityasanga Laghuttam Paddya Haikuko Sambandha. AMC Journal, 1(1), 30–49. https://doi.org/10.3126/amcj.v1i1.33391

Issue

Section

Articles