नेपाली विषयमा स्नातकोत्तर गरेका भोजपुरी मातृभाषी विद्यार्थीहरूले नेपाली भाषा सिक्दाको अनुभव {The experience of learning Nepali language by Bhojpuri mothertongue students}

Authors

  • सतेन्द्र Satendra प्रसाद Prasad यादव Yadav Graduate School of Education, Tribhuvan University, Kirtipur, Kathmandu, Nepal

DOI:

https://doi.org/10.3126/aj.v12i01.73590

Keywords:

भाषिक पृष्ठभूमि र सिकाइ तत्परता, आलोचना, भाषिक समनता, अवसर, प्रेरणा

Abstract

प्रस्तुत लेख नेपाली विषयमा स्नाकोत्तर गरेका भोजपुरी भाषी विद्यार्थीहरूले नेपाली भाषा सिक्दाको अनुभवको अध्ययनमा केन्द्रित छ । यस लेखको उद्देश्य भोजपुरी भाषी विद्यार्थीहरूको दोस्रो भाषाको सिकाइ अनुभवको अध्ययन गर्नु हो । यो लेख गुणात्मक अनुसन्धान अन्तर्गत फेनोमोलोजी ढाँचामा आधारित छ । यस लेखमा बारा जिल्ला पारवानीपुर गाउँपालिकाको भोजपुरी मातृभाषी नेपालीमा स्नाकोत्तर गरेका शिक्षकलाई नमुना छनोटअन्तर्गत उद्देश्यमूलक विधिको प्रयोग गरी नमुना छनोट गरिएको छ । नमुनाका रुपमा छनोट भएका सहभागीसँग अन्तर्वार्ता लिई तथ्य सङ्कलन गरिएको छ । अन्तर्वाताबाट सङ्कलित तथ्यलाई लिप्यान्तरण गरी कोडिङ् गरिएको छ । मिल्दाजुल्दा सङकेत (Code) लाई वर्गीकरण गरी भाषिक पृष्ठभूमि र सिकाइ तत्परता तथा सिकाइगत अवसर र उल्झन जस्ता दुई साझा विषय (Theme) को निर्माण गरी शिक्षकहरूको नेपाली भाषाको सिकाइको अनुभवलाई विश्लेषण गरिएको छ । शिक्षकहरूको सिकाइ अनुभवलाई भाषिक प्रयास, भाषिक प्रभाव, सिकाइ तत्परता, भाषिक आलोचना, भाषिका तुलनात्मक समानता, पारिवारिक भाषिक स्थिति, पढाइमा अर्थ (खर्च प्रेरणाको स्रोत, आधारभूत आवश्यकता र सहपाठी शिक्षण आधारमा विश्लेषण गरिएको छ । प्रत्येक मातृभाषीले रोजगारीको अवसर, सरकारी कामकाज तथा विविध आवश्यकताका अधारमा दोस्रो भाषाको रुपमा नेपाली भाषा सिक्न लालायित भएको हुनाले निष्कर्ष निकालिएको छ । यस लेखबाट पहिलो मातृभाषी विद्याथीहरू दोस्रो भाषा सिक्दाको अनुभवबारे अध्ययन अनुसन्धान गर्ने अनुसन्धातालाई सहयोग पुग्ने अपेक्षा गरेको छ ।

Abstract
0
PDF
0

Downloads

Published

2025-01-13

How to Cite

यादव Yadav स. S. प. P. (2025). नेपाली विषयमा स्नातकोत्तर गरेका भोजपुरी मातृभाषी विद्यार्थीहरूले नेपाली भाषा सिक्दाको अनुभव {The experience of learning Nepali language by Bhojpuri mothertongue students}. Adhyayan Journal, 12(01), 146–152. https://doi.org/10.3126/aj.v12i01.73590

Issue

Section

Articles