इलाम जिल्लाका विद्यालयमा प्रारम्भिक बालविकास शिक्षा सञ्चालनको वर्तमान अवस्था {The Existing Situation of Early Childhood Development Education in Schools of Ilam}
DOI:
https://doi.org/10.3126/aj.v12i01.73564Keywords:
कक्षा व्यवस्थापन, बालविकास केन्द्र, शिक्षण, मूल्यांकन, शिक्षण क्रियाकलापAbstract
यस अध्ययनको उद्देश्य प्रारम्भिक बालविकास शिक्षा सञ्चालनको वर्तमान अवस्था खोजी गर्नु रहेको छ । अध्ययनमा गुणात्मक अनुसन्धान ढाँचालाई उपयोग गर्दै शाब्दिक रूपमा सङ्कलन गरिएको सूचनाको विश्लेषणसमेत व्याख्यात्मक ढङ्गले गरिएको छ । यहाँ खुला प्रश्नावली तथा अन्तर्वार्ता एवम् छलफलका साथै अध्ययनकर्ताको स्थलगत अवलोकनका माध्यमबाट सङ्कलित सूचनालाई प्राथमिक स्रोतका रूपमा लिइएको छ भने विषयसँग सम्बन्धित प्रकाशित तथा अप्रकाशित सामग्री द्वितीय स्रोत हुन् । यस अध्ययनमा अध्ययनकर्ताको सुविधालाई हेरेर इलाम नगरपालिकामा सञ्चालित छैसठीवटा विद्यालयमा आधारित बालविकास केन्द्रमध्ये चारवटा उद्देश्यमूलक नमुना छनोट विधिबाट छानिएको छ । यहाँ छानिएका चारबाट केन्द्रका बालविकास समिति अध्यक्ष चार जना, प्रधानाध्यापक चार जना, सहायक कार्यकर्ता चार जना तथा अभिभावक चार जना समेत उद्देश्यमूलक नमुना छनोट विधिबाट छानिएका छन् । अध्ययनको सिलसिलामा विभिन्न स्रोतबाट आएका सूचनाहरूलाई वर्गीकरण गर्दै अनुसन्धान प्रश्नहरूलाई अलग–अलग विषय–शीर्षकअन्तर्गत विश्लेषण एवम् छलफल गरिएको छ । बालमैत्री वातावरण निर्माण गर्न विद्यालयमा आधारित बालविकास केन्द्रहरूको भौतिक पक्षका साथै पाठ्यक्रम सामग्रीहरूको आपूर्ति, बालशिक्षकको उचित पारिश्रमिक, सफा पिउने पानी तथा अग्र्यानिक दिवा खाजाको व्यवस्था जस्ता कुराहरूको समेत महइभ्वपूर्ण स्थान रहन्छ । अध्ययनमा बालविकास केन्द्रको माथी उल्लेखित कुराहरूमा नै कमजोरी देखिएको हुदा लक्ष्यमा पुग्न गह्रो हुने देखिन्छ । परिणम स्वरूप शहस्राव्दि लक्ष्य “सबैका लागि शिक्षा” मा पुग्नको लागि तयार गरिएको राष्ट्रिय कार्ययोजनाको अभिन्न अङ्गका रूपमा रहेको वालशिक्षाले अपेक्षित सहयोग गर्न े अवस्था देखिएन । यसैले सरोकारवालाहरू सबैलाई यसप्रति जागरण गराउदै बालमैत्री वातावरण निर्माण गर्न सकियो भने बालविकास केन्द्रले लक्ष्य प्राप्त गर्न सक्ने अवस्था देखिन्छ ।