कवि निर्मोही व्यासका कवितामा राष्ट्रबोध {Nationalism in Poet Nirmohi Vyas' Poetry}

Authors

  • यज्ञेश्वर Yagyashwor निरौला Niraula Department of Nepali and Nepal Bhasa, RR Campus, Exhibition Road, Kathmandu

DOI:

https://doi.org/10.3126/aj.v11i11.67102

Keywords:

Patroitism, Nationality, Selfesteem, Cultural heritage, Social disparity

Abstract

बहुमुखी प्रतिभाका धनी निर्मोही व्यासले नेपाली साहित्यमा महत्वपूर्ण योगदान गरेका छन् । कविता, संस्मरणात्मक निबन्ध, समालोचना आदि विविध क्षेत्रमा कलम चलाए तापनि उनी कवि, नियात्राकार एवम् संस्मरणकारका रूपमा चिनिएका छन् । ‘बेहुली अन्माएको घर’,‘सरिता’, ‘बोधिवृक्षको छायामा’, ‘बग्दै बग्दै’, ‘तस्वीर तिम्रै’ आदि उनका प्रकाशित कविता कृति हुन् । शास्त्रीय छन्दमा मात्र कविता लेख्न मनपराउने कवि व्यासका कवितामा प्रकृतिचित्रण, प्रेम, मानवीय संवेदनाको तीव्र अनुभूति, नीतिचेतना, समाजमा व्याप्त विकृतिप्रति असन्तुष्टि, राष्ट्रबोध, शैलीमाधुर्य, भावमाधुर्य आदि उनका कवितामा पाइने विषयगत एवम् भावगत प्रवृत्ति हुन् । कवि व्यासका कविता कृतिलाई प्राथमिक सामग्री मानी तयार पारिएको यस शोधलेखमा राष्ट्रबोधसम्बन्धी अवधारणालाई द्वितीयक सामग्री मानिएको छ र प्राथमिक एवम् द्वितीयक दुवैखाले सामग्रीलाई पुस्तकालय प्रद्धतिबाट सङ्कलन गरी व्यासका कवितामा अभिव्यक्त राष्ट्रबोधको खोजी गरी विश्लेषण गरिएको छ । बाहिरी मुलुकले देशका विभिन्न क्षेत्रमाथि हस्तक्षेप गर्दा त्यसको विरोध गर्नु मात्र राष्ट्रबोध एवम् राष्ट्रियता होइन, माटोप्रतिको मायाभावको अभिव्यक्ति, राष्ट्रिय प्राकृतिक सौन्दर्यको वर्णन, राष्ट्र कमजोर बनाउने तत्व घुसखोरी, कमिसनखोरी, भ्रष्टाचार, कालोबजारी आदिका विरुद्ध आवाज बुलन्द पार्नु पनि राष्ट्रियताकै भावना हुन् र यस प्रकारका राष्ट्रघाती कार्यको तीव्र विरोध गर्दै समाज सुधारको अपेक्षा राख्नु राष्ट्रियताको अभिव्यक्ति हो । प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरबाट निर्माण भएको नेपाल राष्ट्र र नेपाली संस्कृति एवम् आफ्नो अस्तित्व, आत्माभिमान, स्वाभिमान, माटोको माया आदिलाई कहीँ कतैबाट भत्कन नदिई सुरक्षित राख्नुपर्ने कवि व्यासमा रहेको राष्ट्रबोधको भावनालाई शोधलेखको निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ ।

{One of the Multi-dimensional personalities Nirmohi Vyas has provided vital contribution to flourish Nepali Literature. Despite of the fact that he penned in writing poetry, memoir essays, criticism and so on, he is basically popular for writing poetry, memoir, travelogue, etc. His remarkable distinct anthologies of poetry are like – Behuli Anmayeko Ghar, Sarita, Bodhi Vrikshako Chhayama, Bagdai Bagdai and Tashvir Timrai. Vyas, who is fond of writing poetry only in rhythmic tone, we find the depiction of nature, love, feeling of passionate human sensitivity, sense of ethics, against social evil/perversity, feelings of nationality, sound style, sweet theme in his poetry. This research article has taken the texts of Vyas as the primary materials and the text regarding nationalism have been taken as the secondary one. It is studied on the Vyas' poetry in search of nationalism and analysis by both the types of materials. Real nationality is not only to rebel the interference of the foreign countires, but to disclose the love of the motherland, description of national natural beauty, and against the elements to weaken the foundation of the nation, bribery, commission, corruption, black market, etc. to boost the voice is the prime concern of nationality. The conclusion of this research article is not to break the natural beauty, Nepal and Nepali culture, own existence, self-esteem, love for the motherland prevalent in the poet Vyas rather to prevent sense of nationalism in him.}

Downloads

Download data is not yet available.
Abstract
16
PDF
15

Downloads

Published

2024-06-25

How to Cite

निरौला Niraula य. Y. (2024). कवि निर्मोही व्यासका कवितामा राष्ट्रबोध {Nationalism in Poet Nirmohi Vyas’ Poetry}. Adhyayan Journal, 11(11), 112–122. https://doi.org/10.3126/aj.v11i11.67102

Issue

Section

Articles