नेपाली दर्शनशास्त्रको प्रस्तावना
DOI:
https://doi.org/10.3126/acadview.v9i1.71362Keywords:
गौरवभाव, नेपाली दर्शन, वीरभाव, सहअस्तित्व, साझापन, स्वतन्त्रताAbstract
नेपाली चिन्तकहरूका बौद्धिक सृजना नै नेपाली दर्शन हो । यो राजनीतिक भारतका भारतीय चिन्तकहरूका दार्शनिक चिन्तनहरूभन्दा भिन्न छ । यो दर्शन मुस्लिम तथा इसाई धार्मिक, सांस्कृतिक तथा राजनीतिक आक्रमणहरूबाट सुरक्षित भएको र प्राचीनतम मौलिक सांस्कृतिक तथा सभ्यताको निरन्तरताका कारणले प्राप्त भएको हो । अत्यन्त फरक जीवनशैली रहेका विभिन्न समुदायहरूका बिचमा सहृदयी सहअस्तित्व, एकअर्काको सांस्कृतिक जीवन दर्शनको अभ्यासमा स्वतन्त्रता, सरलता, अहस्तक्षेप, साझापन, आफ्नो मौलिकपनप्रति गौरवभाव, सहिष्णुता तथा कृतज्ञता र वीरताजस्ता मौलिकगुणहरूले नेपाली दर्शनको प्रस्तावनालाई पुष्टि गर्छ । जुनसुकै बोलीमा लेखिए तापनि, आफूलाई नेपाली वा नेपाली मूलको भएकोमा गौरव गर्ने व्यक्तिले प्रकट गरेका दार्शनिक भावहरू नै नेपाली दर्शनशास्त्रका प्रस्तावना हुन् । सञ्चार तथा यातायातको सहजताले अहिलेको दार्शनिक विश्व विगतको जस्तो छैन । अन्य विषयहरूझैं चिन्तनका तहमा पनि आयात र निर्यात दुवै तीब्रगतिमा घटित हुँदैछन् । नेपाली मौलिक चिन्तन पनि आयातित दार्शनिक चिन्तनले प्रभावित मात्र भएका छैनन् अपितु ती चिन्तनहरूले नेपालीहरूको मौलिक जीवन दर्शनमा प्रभावित पारेका छन््र तर पनि यी प्रभावहरू नेपाली दर्शनशास्त्रको प्रस्तावनाका अंश हुँदैनन् । नेपाली दर्शनशास्त्रको प्रस्तावनामा स्वतन्त्र मौलिक नेपाली दर्शनशास्त्रको सम्भावनाको विषयवस्तु बौद्धिकस्तरमा उठान गरिएको छ ।